अमेरिकी राष्ट्रपति ट्रम्पलाई मार्ने धम्की दिने सरकारी  कर्मचारी पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्की दिएको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । अभियोजनकर्ताहरूका अनुसार उनले आफ्नो कार्यस्थलको कम्प्युटर प्रयोग गरेर हत्या प्रयासको योजनाबारे अनुसन्धान गरेका थिए। पक्राउ पर्नेमा ३५ वर्षीय डिन डेल्लेचिआई छन्। उनी संघीय उड्डयन प्रशासन (एफएए) का एक ठेकेदारका रूपमा न्यु ह्याम्पशायरमा कार्यरत थिए। अनुसन्धानकर्ताहरूका अनुसार उनले इन्टरनेटमा “संघीय भवनमा […]