यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ब्लु रङको एक्सएसआर १५५ मोटरसाइकल २० क्षेत्रीय शोरुममा उपलब्ध गराएको छ। कम्पनीले नयाँ भेरिएन्टको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शनपछि कम्पनीले क्षेत्रीय बजारमा यसको उपलब्धता विस्तार गरेको हो। ग्राहकले सम्बन्धित आधिकारिक डिलरशिपमा मोटरसाइकल अवलोकन, टेस्ट […]