सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई वर्षीय युमी तामाङको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।