भारतीय राष्ट्रपति चढेको हेलिकप्टर अवतरण गर्दा हेलिप्याड भासिएर फस्यो पांग्रा (भिडिओ)

भारतको केरलमा राष्ट्रपति द्रौपदी मुर्मु सवार हेलिकप्टर अवतरणका क्रममा हेलिप्याड भासिएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार पथानामथिट्टा जिल्लाको प्रमादमस्थित राजीव गान्धी इनडोर स्टेडियममा हेलिकप्टर अवतरण हुँदा हेलिप्याडको कंक्रिट भासिएर हेलिकप्टरको पांग्रा फसेको हो। प्रहरी र दमकलका कर्मचारीहरूले तत्काल हातैले धकेलेर हेलिकप्टर बाहिर निकालेका थिए। बुधबार बिहान राष्ट्रपति मुर्मु सबरीमला मन्दिर दर्शनका लागि जाँदै थिइन्। एक वरिष्ठ...