ताप्लुजुङ । ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन बढेको छ । गतवर्ष निराश भएका कृषक यस याममा उत्पादनमा सुधार आएसँगै उत्साहित भएका छन् ।
फक्ताङलुङ–६ का पेमा शेर्पाले एकमुरी मुरी आलु गत असारमा रोपेकी थिइन् । यसबाट सात मुरीभन्दा बढी उत्पादन भएको उनले बताइन् । सोही गाउँका उटुक र टासी शेर्पाले पनि गतवर्षको भन्दा दोब्बर आलु उत्पादन भएको बताएका छन् ।
हिमाली क्षेत्र भएकाले याङ र घुन्सामा अन्य खेतीपाती हुँदैन । आलु भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गतवर्ष आलु बीउको अभाव भएको थियो ।
ती क्षेत्रमा उत्पादन भएको आलु अगामी मङ्सिरको तेस्रो सातादेखि याकमार्फत ढुवानी गरेर चेनेसम्म पु¥याउने गरिन्छ । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषक तयार हुन्छन् । आलु बीउका लागि तल्लो क्षेत्रका समुदाय कोदो, मकैलागयतका अन्न बोकेर दुई÷चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङ्माको चेनेमा पुग्ने गर्दछन् । रासस