१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ । बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा आयोजक बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । बङ्गलादेशको पनि तीन खेलमा सात अङ्क छ । नेपालले भोलि भारतसँग...