बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजेता

 एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ । विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।कप्तान माटियास काइटले गोल गर्दै खेलको सुरुवातमा नै एस्टोनियालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर हान्स भान्केनले गोल गर्दै विश्वको नम्बर एक टोलीका लागि बराबरी गोल फर्काए । त्यसपछि चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गर्दै बेल्जियमको अग्रता ३–१ बनाए । ९९ खेलमा लुकाकु