सरकारी खर्च गर्ने बाटो खुल्यो, विनियोजन विधेयकको राष्ट्रपति भण्डारीले गरिन् प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक-२०७८ प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालय पठाइएको थियो। सभामुख अग्नि सापकोटाले प्रमाणित गरी आज विधेयक राष्ट्रपति कार्यालय पठाएका थिए।…