ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

मधेस प्रदेशको राजविराज नगरपालिकाले प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा राजविराजले मधेस प्रदेशकै जनकपुर उपमहानगरलाई १० रनले हराउँदै १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको हो ।