बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बो
११ मंसिर, सुनसरी । सुनसरी-४को स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले आफ्नो पक्षको निर्णय २ बजेपछि दिने बताउँदै समय माग गरेका छन् । ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको […]
सुर्खेत– कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पहलमा बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । मंगलबार नेकपा ( माओवादी केन्द्र) बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले बिभिन्न माग राखेर सदन अवरुद्ध गरेका थिए । अवरुद्ध सदन खुलाउनका लागि आज सभामुख शाहीले बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । आज बिहान माओवादी सांसदीय दलको बैठकले […]
काठमाडौँ- कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् । सभामुख शाहीले आज बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो […]
मोरङ– प्रदेश १ को नामाकरणको लागि विराटनगरमा बसेको सर्वदलीय बैठकले नामाकरण शीघ्र गर्नुपर्नेमा जोड दिएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल, राजनीतिक दलका प्रदेश प्रमुखहरुको सर्वदलीय बैठकले नामाकरणलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन्। सर्वदलीय बैठकमा पहिचानसहितको नाममा र भौगोलिक, ऐतिहासिक नामबारे छलफल भएको थियो। प्रदेश सरकारले राखेको औपचारिक छलफलका […]
काठमाण्डाै – सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।
नेकपा एमालेले संसदमा गरिरहेको अवरोध हटाउन सभामुख सापकोटाले शीर्ष नेताहरूको बैठक डाक्नुभएको थियो तर एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नपुग्दा कुनै निष्कर्ष निस्कन सकेन ।
आजको छलफलमा सबैजसो दलका नेताहरूले एमालेसँग सभामुखले छलफल गर्नुपर्ने र सहमति गरेर संसद् चलाउनुपर्ने सुझाव दिएका छन् । मुख्य विवाद रहेको एमाले नै बैठकमा नआएपछि कुनै निष्कर्ष ननिस्किएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।
...
सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् ।
बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै निष्कर्ष ननिकालेको भए पनि छलफलमै रहेको बताए ।
कांग्रेस नेता रामचन्द्र पौडेलले पनि दिउँसो ३ बजे कांग्रेस संसदीय...