नेपाली सेना र अमेरिकी सेनाले १ महिनासम्म संयुक्त सैन्य अभ्यास गर्ने

काठमाण्डाै – नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । २०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको छ । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ ।अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् । नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट...