एमाले एकताका लागि ओली-नेपालबीच निर्णायक भेटवार्ता हुने

काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि लचिलो हुने निर्णय गरेको छ । आज आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले संयमित भएर बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले पत्रकारहरुलाई बताए । पन्तले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने खुलासा गरे । […]

सम्बन्धित सामग्री

०७४ मा वाम एकताका सूत्रधार रघुवीर महासेठ प्रचण्ड निवासमा, फेरि होला त सहकार्य ?

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का सचिव एवम् धनुषा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । महासेठ जनकपुरबाट काठमाडौं आउनेबित्तिकै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय छन् । उनले काठमाडौं ओर्लनेबित्तिकै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले आज माओवादी केन्द्रका […]

चुनाव अघि नै एमाले र एसबीच एकता हुनसक्ने

काठमाडौं, १९ असार । प्रतिनिधि सभा निर्वाचन अघि नै नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना बढेको छ । एकताका लागि प्रभावशाली नेताहरु नै भित्र भित्र लागेका छन् । एमाले र एसबीच एकीकरण गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल सक्रिय भएका छन् । खनालनिकटस्थहरु विभिन्न माध्यमले एमाले नेताहरुसँग भेटवार्ता बढाउन थालेका छन् । वामदेव गौतमले […]

प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौं। पार्टी एकताका लागि गठित एमाले कार्यदल सहमति नजिक पुगेको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेको उनको सचिवालयले बताएको छ । प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको र प्रचण्डले एमाले कार्यदलको सहमतिबारे समेत जिज्ञासा राखेको बताइएको छ ।

नेपाल र दाहालबीच कोटेश्वरमा भेटवार्ता

एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रूपमा हेरिएको छ ।

नेपाल र दाहालबिच भेटवार्ता

काठमाडौँ– नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ। एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ। एमाले एकताका लागि नेपाल र ओलीपक्षका […]

एमाले एकतामा सकारात्मक परिणामको संकेत, ओली– नेपाल वार्तामा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमारबीच वार्ता जारी छ। काठमाडौंको मेरियट होटलमा भेटवार्ता भइरहेको वार्तामा पार्टी एकताका सन्दर्भमा छलफल हुनेछ। कार्यदलले सहमतिको मस्यौदा बन्दै गर्दा दुई शीर्ष नेताहरु वार्तामा बस्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि दुई नेता भेट्नका लागि दोस्रो तहका नेताहरुले गरेको आग्रहलाई उनीहरुले बेवास्था गर्दै आएका थिए।

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ । सुरक्षा स्रोतका अनुसार नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए । नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन् । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली

बालुवाटारमा ओली र भीम रावलबीच भेटवार्ता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका विषयमा नेता रावलसँग ओलीले छलफल गरेको एक नेताले बताए । उनका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग भेटवार्ताका लागि अनिच्छा देखाएपछि ओलीले भीम रावललाई बालुवाटार बोलाएर आइतबार राति छलफल गरेका हुन् ।  एमालेका ओली निकटका दोस्रो तहका नेताहरुले आइतबार बिहान नेता नेपाललाई कोटेश्वरमा पुगेर भेटेका थिए।  उनीहरुले एक पटक ओलीसँग भेटवार्ता गर्नका लागि आग्रह गरेपनि त्यसप्रति नेता ...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी ?

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ । एमाले अध्यक्ष ओलीले आइतबार  पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्त

बालुवाटारमा ओली र वामदेवबीच ‘डिनर मिटिङ’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र नेता वामदेव गौतमबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र गौतमबीच डिनरसहितको भेटवार्ता भएको हो । भेटमा पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ । आजै ओलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग वार्ता गरेपनि कुनै सहमति भएको थिएन । यही बीचमा ओलीले गौतमसँग पनि छलफल गरेका हुन् । तत्काल नेकपा विभाजनअघि देखि नै पार्टी एकताका लागि पहल गरिरहेका गौतम पछिल्लो समय फागुन २८ मा ओलीले १३ औं महाधिवेशनबाट निर्...