कात्तिक १५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार कामना सेवा विकास बैंकसहित पाँच ओटा कम्पनीको धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कामना सेवा विकास बैंक, साहस उर्जा कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड,सिद्धार्थ इन्भेष्टमेण्ट स्किम - २ र ग्लोबल आइएमई समुन्नत स्किम - १ को इकाईमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी कामना सेवा विकास बैंकको धितोपत्रमा ७ लाख ७७ हजार ८८८ कित्ता खरीद माग रहेको छ ।
त्यसैगरी साहस उर्जा कम्पनीको ३ लाख ८१ हजार ९६१ कित्ता, एनआईसी एशिया ग्रोथ फण्डको २ लाख २७ हजार इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको २ लाख ५ हजार १५० इकाई र ग्लोबल आइएमई सम्न्नत स्किम १ को १ लाख ६५ हजार ८२० इकाई खरीद माग रहेको छ ।