नेपालमा ७५० जनाको जिन सिक्वेन्सिङ गर्दा ६९५ मा डेल्टा भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा अहिले पनि डेल्टा भेरिएन्ट नै प्रमुख रुपमा फैलिएको पाइएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७५० जनाको जिन सिकवीन्सिङ गर्दा ६९५ मा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार २ हप्ता अगाडि नेपालबाट बेलायतमा जिन सिक्वीन्सिङका लागि ७५० नमुना पठाइएको थियो । […]

सम्बन्धित सामग्री

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमुनामा ओमिक्रोन र चार नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

थप २८ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टी

काठमाडौं : नेपालमा थप २८ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय जिन सिक्वेन्सिङ गरिएका ३२ नमुनामध्‍ये २८ वटामा ओमिक्रोन पुष्टि भएको हो।बाँकी ४ नमुनामा डेल्टा भेरिएन्ट देखिएको छ।मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार गत एक सातामा गरिएका परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजेन परीक्षणमा ३५ प्रतिशत कोरोना पोजिटिभ फेला परेका छन्।

नेपालमा सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन, डेल्टा भेरिएन्टको सङ्क्रमण घट्दो

काठमाण्डाै – नेपालमा काेभिड १९ (काेराेना भाइरस) काे ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरिएन्ट देखिएको बताउनुभयो ।नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको र विश्वव्यापी रूपमा जस्तै नेपालमा पनि डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको सहप्रवक्ता अ...

नेपालमा २८ जना ओमिक्रोन भेरियन्टका संक्रमित थप

काठमाडौं, ९ माघ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण थप २८ जनामा पुुष्टि भएको छ । आइतबार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, ४ जनामा डेल्टा भेरिएन्ट देखिएको छ ।

थपिए ६ हजार ४६२ जना कोरोना संंक्रमित, मुलुकभर ७७ हजार ४० जना सक्रिय संक्रमित

माघ ९, काठमाडौं ।  नेपालमा विगत २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभरमा १७ हजार ४३७ ओटा नमूना परीक्षण गरिएको थियो । उक्त अवधिमा १३ हजार ३७७ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ७७ हजार ४० सक्रिय संक्रमित छन् ।   नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह - प्रवक्ता समीरकुमार अधिकारीले विगत दुई सातादेखि नेपालमा कोभिड- १९ संक्रमण निरन्तर बढिरहेको बताए । उनका अनुसार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत एक हप्तामा गरिएको परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजन परीक्षणमा ३५ प्रतिशतमा पोजिटिभ फेला परेको छ । अहिले आईसीयूमा २१५ जना र भेन्टिलेटरमा ७४ जना बिरामी भएको मन्त्रालयले बताएको छ। नेपालमा कुल संक्रमितमध्ये ९०  प्रतिशतभन्दा बढी निको भएका छन्। अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्। कहिलेबाट घट्छ संक्रमण ? डेल्टा भेरिएन्टका कारण दोस्रो लहर फैलिएकोमा यसपालि ओमिक्रोनका कारण संक्रमितको संख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबाट संक्रमित व्यक्तिहरूका बारेमा कुनै छुट्टै तथ्याङ्क भने दिएको छैन। मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। बढ्दो संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत शनिवारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। उपत्यकामा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखाना सहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ। घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड पनि अनिवार्य रूपमा राख्न भनिएको छ। ओमिक्रोनले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दैछ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  नेपालमा कोरोना भाइरसको डेल्टा भेरिएन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको उक्त मन्त्रालयले बताएको छ । उसका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय रहेको पाइएको छ । पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ ओटा नमूनाको जिन सिक्वेन्सिङ गरिएकोमा २८ ओटामा ओमिक्रोन र बाँकी चार ओटामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ ।