होम डेलिभरी रोक्नु अनुचित

होम डेलिभरी सेवा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सरकारले जारी निषेधाज्ञाका अवधिमा अनलाइन डेलिभरी सेवा बन्द गराएपछि व्यवसायीहरूले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । होम डेलिभरी दिने कम्पनीहरूको प्रतिनिधिमूलक संस्थाले सरकारी अधिकारीलाई भेटेर होम डेलिभरी खुलाउन गरेको आग्रह गर्दासमेत बेवास्ता गरिएपछि उनीहरू अदालत पुगेका थिए । शेयरबजारमा अनलाइन कारोबार भई शेयरबजार ऐतिहासिक उचाइमा पुग्दा पनि ग्राहकको लागत घटाउने गरी ठूलो नीतिगत निर्णय हुन सकेन । सर्वोच्चले होम डेलिभरीसम्बन्धी मापदण्ड २०७७ अनुसार सेवा प्रवाह गर्न सकिने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमणकै बीच होम डेलिभरी सेवालाई व्यवस्थित गर्न मापदण्ड तयार गरेको थियो । महामारीमा होम डेलिभरी बढी उपयुक्त हुने सरकारकै निष्कर्ष थियो । हुन पनि पसलहरू खोलेर भीडभाड बढाउँदा कोरोना संक्रमण फैलने जोखिम उच्च हुन्छ । भौतिक दूरी कायम गराउनसमेत समस्या हुन्छ । खाद्यान्न र तरकारी पसल निश्चित समयसम्म मात्र खोल्न दिँदा भीड भएर संक्रमण फैलने सम्भावना बढी हुन्छ । खाद्यान्न पसलहरू दिनभरि खोल्न नपाए पनि अनलाइनबाट खाद्यान्नहरू आपूर्ति गर्ने व्यवस्था मिलाउन आवश्यक थियो । तर, आफैले बनाएको मापदण्डअनुसार होम डेलिभरीलाई चल्न दिनुपर्नेमा यसलाई रोकेर सरकारले अपरिपक्वता प्रदर्शन गरेको छ । अनलाइन डेलिभरी नेपालमा भर्खरै शुरू भएको व्यवसाय हो । स्टार्टअपका रूपमा र ठूलो लगानीका समेत अनलाइन डेलिभरी सेवाहरू सञ्चालनमा छन् । कोरोना महामारी रोक्न लगाइएको बन्दाबन्दीमा समेत गतवर्ष सरकारले उनीहरूलाई खाद्यान्न आपूर्ति गर्न दिएको थियो । कृषि उपज नबिकेर किसानहरूले तरकारीहरू फाल्नुपरेको समाचारसमेत आइरहेको छ । काठमाडौंकै आसपासमा अर्ग्यानिक खेती गरेर अनलाइन आपूर्ति गरिरहेका व्यवसायीसमेत सरकारको यो निर्णयबाट हतोत्साही भएका छन् । यसबाट कृषिमा आकर्षित युवावर्ग आक्रोशित र विकर्षितसमेत भएको छ । कृषिको विकास हुन नसक्नुका कारण नै बजारीकरणमा समस्या भएकाले हो । प्रविधिमार्फत कृषिको बजारीकरणलाई समेत सरकारको अहिलेको निर्णयले अवरोध पुर्‍याएको छ । सरकार अहिले डिजिटल अर्थतन्त्रका लागि लागिपरेको छ । त्यस्तै नगदरहित कारोबार र इगर्भनेन्ससमेत सरकारको प्राथमिकतामा परेको छ । युवापुस्ता यसमा अभ्यस्त हुँदै गइरहेको छ भने नयाँनयाँ अनलाइन डेलिभरी तथा भुक्तानी सेवाप्रदायकहरू थपिँदै गएका छन् । यो सकारात्मक कदममा सरोकारवाला निकायले प्रोत्साहन र सहजीकरण गरिदिनु आवश्यक छ । डिजिटल कारोबार अहिलेको प्राथमिकता हो र हुनु पनि पर्छ । अनलाइन डेलिभरीले नगदररहित भुक्तानीलाई नै बढी प्रयोगमा ल्याउँछ । नगदरहित कारोबारले नोटको छपाइमा लाग्ने खर्च जोगाउने मात्र होइन, धेरै कारोबार औपचारिक प्रणालीमा आउँछ । रियल टाइम कारोबार हुने भएकाले यसमा पारदर्शितासमेत हुन्छ । सरकारले पाउने कर पनि यसमा छल्न मिल्दैन । त्यसैले अनइलाइनबाट हुने सबै खाले कारोबारले सरकारले सकेसम्म प्रोत्साहित गर्नुपर्छ । अझ प्रविधिका लागि लाग्ने खर्च सरकारले बेहोरेर यस्तो कारोबार निःशुल्क बनाउन आवश्यक छ । डिजिटल इकोनोमी बढाउने सरकारकै घोषित नीति हो । अर्थतन्त्रमा यसको योगदानको आकार पनि बढ्दो छ । कोरोनाले धेरै क्षेत्रलाई असर पारे पनि डिजिटल कारोबार तथा अनलाइन डेलिभरीका लागि भने यो अवसर हो । गत वर्षको बन्दाबन्दीमा डिजिटल भुक्तानी निकै बढ्यो र बन्दाबन्दी हटेसँगै कारोबार पनि कम हुन थाल्यो । यसो हुनुको कारण प्रविधिको प्रयोग गर्दा पनि यसमा लाग्ने शुल्क नघट्नु हो । जनशक्ति कम भए पुग्ने, सञ्चालन खर्चहरूमा कटौती हुने भएपछि डिजिटल कारोबारमा नाममात्रको शुल्क लिनुपर्ने हो । तर, बैंकहरूले लिने शुल्क घटेन । शेयरबजारमा अनलाइन कारोबार भई शेयरबजार ऐतिहासिक उचाइमा पुग्दा पनि ग्राहकको लागत घटाउने गरी ठूलो नीतिगत निर्णय हुन सकेन । मुलुकको आफ्नै भुक्तानीद्वार नहुँदा डिजिटल कारोबारको लागि लाग्ने शुल्कबापतको ठूलो रकम विदेशिइरहेको छ । अतः सरकारले लागत कम बनाउने नीति लिनु आवश्यक देखिन्छ । त्यस्तै, संकटका घडीमा सहयोगी अनलाइन डेलिभरी सेवा तथा डिजिटल भुक्तानीलाई व्यापक बनाउन प्रोत्साहन गर्न आवश्यक छ ।

सम्बन्धित सामग्री

नागरिक सचेत बन्दै गएपछि दुर्गम गाउँमा शून्य ‘होम डेलिभरी’

बागलुङ : भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म गलकोट नगरपालिका क्षेत्रमा ‘होम डेलिभरी’ हुने महिलाको संख्या व्यापक थियो। दुर्गम गाउँका महिलालाई सुत्केरी व्यथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पुर्‍याउने गर्थे।कोही अस्पतालमा पुगेर बच्चा जन्माउँथे त कोही बाटोमै सुत्केरी हुन्थे। कोहीको समयमै अस्पताल पुग्न नसक्दा अकालमै ज्यानसमेत जाने गर्थ्यो। पछिल्लो दुई वर्षयता गलकोटमा ‘होम डेलिभरी’ हुने महिलाको संख्या शून्य छ।वडा–वडामा वर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवा

नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम डेलिभरी गर्न सुझाव दिएको छ । बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले हुलाक सेवाको पुनर्संरचना गर्दै गरिकता, राहदानी लगायतका दस्तावेज हुलाकमार्फत सम्बन्धित स्थानमा पुर्‍याउने व्यवस्था गर्न सुझाव दिएको हो । हुलाक सेवाको पुनर्संरचना गरी हुलाक सेवालाई आधुनिक र...

खानाको होम डेलिभरी गर्ने 'भोज' अब बुटवलमा पनि

काठमाण्डाै – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा शुरुआत गरिएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने सञ्चालक निकेत अग्रवालले बताउनुभयाे । काठमाण्डाैमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालकाे भनाइ छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोने पेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउँछन् । भोजले काठमाण्डौका ग्राह...

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा

बुटवल । रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स ‘भोज’ले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।हाल बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्ट भोजसँग जोडिएका छन् भने अन्य रेस्टुरेन्ट पनि भोजसँग जोडिने भोजले जनाएको छ । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने भोजका संचालक निकेत अग्रवालले जानकारी दिए ।भोजको पेमेन्ट पार्टनर इसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले  २५ प्रतिशतसम्म छुट पाउने

फेवाबजारले होम डेलिभरी संचालन गर्दै

ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ई–कमर्सले असार १ गतेदेखि निःशुल्क होम डेलिभरी सेवा पुनः सञ्चालन गर्ने भएको छ ।...

फास्टफुडसहित दर्जनौं वस्तुको अनलाइन बिक्री र होम डेलिभरी खुला (सूचीसहित)

२५ जेठ, काठमाडौं । रेस्टुरेन्टमा बन्ने फास्टफूडका परिकारसहित पाँच दर्जन हाराहारीका वस्तुको अनलाइन मार्फत बिक्री र होम डेलिभरी सेवा फुकुवा भएको छ । निषेधाज्ञामा अनलाइनमा आधारित ई-कमर्स डेलिभरी सेवामा प्रतिबन्ध नलगाउन जिल्ला प्रशासनका नाममा सोमबार सर्वोच्च अदालतले अन्तरिम जारी गरेपछि ती वस्तुको अनलाइन डेलिभरी सेवा खुला भएको हो । ई-कमर्स व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा […]

लकडाउनमा होम डेलिभरी र इ-कमर्समा प्रतिबन्ध नलगाउन व्यवसायीहरुको माग

काठमाडौं उपत्यकाको लकडाउनमा कडाइ गरिएसँगै होम डेलिभरी र इ-कमर्स ब्यवसाय पूर्ण रुपमा प्रतिबन्ध छ।  काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरु पनि होम डेलिभरी र इ-कमर्सलाई खुकुलो नबनाउने रणनीतिमा छन।

होम डेलिभरी सहज बनाइदिन ई–कमर्श कम्पनीका प्रतिनिधिहरुको आग्रह

काठमाडौं । ई–कमर्श कम्पनीहरुको साझा संस्था  ई–कमर्श संघ नेपालले होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग माग गरेको छ । महामारीको समयमा भौतिक दुरी कायम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरी गर्न प्रशासनमार्फत आवश्यक समन्वय हुनुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।गत वर्षको विषम परिस्थितिमा पनि ई–कमर्स कम्पनीहरुले आम उपभोक्तालाई सुरक्षीत ढंगले सुविधा पुर्याउँदा पुर्याउँदै प्रशासनबाट अवरोध र धरपकडको सामना गर्नुपरेको समेत विज्ञप्तिमा भनिएक

खाद्य कम्पनीद्वारा निःशुल्क होम डेलिभरी

काठमाडौं, बैशाख १७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो । बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, […]

खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पो