कांग्रेस कार्यकर्ताले अर्काे पार्टीलाई छाप लगाउनुपर्ने अवस्था किन आयाे ? - काेइराला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नाे पार्टीलाई कसैको वैशाखी लिएर अगाडि जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । आज बुधवार नेपाल विद्यार्थी सङ्घ उपत्यकाका क्याम्पस इकाइहरूको संयुक्त आयोजनामा काठमाण्डाैमा आयोजित पालिका चुनावमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व विषयक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्ताे बताउनुभएको हो । उहाँले कांग्रेसले चुनाव एक्लै लडे पनि गन्तव्यमा पुग्न सक्ने बताउनुभयो । कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिह्न लगाउनुपर्ने अवस्था आएको भन्दै नेता काेइरालाले यस...