सुन ग्राहकलाई राहत : तोलामा ६०० रुपैयाँ घट्यो भाउ

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार रुपैयाँ तोकिएको थियो । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला १ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ४६० रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीको मूल्य घटेसँगै ग्राहकले राहत पाएका छन् ।  अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घट्दो क्रममा छ । पछिल्लो दुई दिनयताको तथ्यांक हेर्दा न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ घट्दो क्रममा देखिन्छ । गत सोमबार प्रतिऔंस १९६४.०७ डलरमा बन्द भएको कारोबार मंगलबार प्रतिऔंस १९५२.१६ डलरमा बन्द भएको थियो । बुधवार (आज) सुन अघिल्लो दिनभन्दा मुनिमै सुनको कारोबार भइरहेको छ । दिउँसो ३ बजे सुनको भाउ प्रतिऔंस १९४०.५२ डलर छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ १३१.९२ रुपैयाँ छ । हिजो डलरको भाउ  १३१.९० रुपैयाँ तोकिएको थियो । 

सम्बन्धित सामग्री