मनाङ जोड्ने बेसीसहर-चामे सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण गरिएको हो । कल्भर्टको ढलान पूर्ण रुपमा ‘सेट’ नभएका कारण २० फागुदेखि सडक बन्द थियो ।सडक निर्माणका लागि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रुपमा खुलाइएको डुम्रे -बेसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ । पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । तल्लो