सामसुङको नाफा ५३ प्रतिशतले बढ्ने

एजेन्सी। दक्षिण कोरियाको प्रविधि कम्पनी सामसुङको नाफा ५३ प्रतिशतले बढ्ने अनुमान लगाइएको छ। अप्रिलदेखि जुनसम्ममा कम्पनीले ११ बिलियन अमेरिकी डलर नाफा गर्ने अनुमान लगाइएको हो। विश्वव्यापी रुपमा मेमोरीकार्डको अभाव भइरहँदा सामसङले भने यसको उत्पादन र आपूर्ति बढाएको छ। यसैको मदतमा कम्पनीले नाफा बढाउने बीबीसीले बताएको छ। कम्पनीले महामारीको समयमा पनि आफ्नो नाफा बढाउने भएको हो।