साफ यू-२० : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं : साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ पौने ६  बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ। तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन। नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीलाई फाईदा हुने भएपनि कडा प्रतिस्पर्धा गर्ने बताए। बंगला...