लचिलो र विस्तारकारी मौद्रिक नीतिको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार असार २८ गतेसम्ममा बैंक, वित्तीय संस्थाले ५७ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ७५ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ । यसअनुसार बैंकहरूसँग अहिले करीब ५ खर्ब थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । तर, उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा बैंकहरूले लगानी गर्न सकेका छैनन् ।  बैंकहरूमा तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदरलगायत अल्पकालीन दरहरू घटिरहेको छ । बिहीवार अन्तरबैंक ब्याजदर शून्य दशमलव ६० प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचे पनि ब्याजदर मौद्रिक नीतिको लक्ष्यअनुसार कायम हुन सकेको छैन । चालू आर्थिक वर्ष (आव) को जेठसम्म आइपुग्दा अर्थतन्त्रमा बाह्य क्षेत्रको अवस्था सहज देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालू आवको ११ महीनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको उल्लेख छ । १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चितिले ११ दशमलव २ महीनाको वस्तु आयात र ९ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्ने प्रतिवेदनमा औंल्याइएको छ ।  अर्थतन्त्रमा बाह्य क्षेत्रको अवस्था सहज भए पनि आन्तरिक अर्थतन्त्र चलायमान नभएपछि राष्ट्र बैंकमाथि आगामी आवका लागि लचिलो र विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने दबाब बढेको छ । चालू वर्षमा लिइएको कसिलो नीतिले अर्थतन्त्रमा बाह्य क्षेत्र सहज भए पनि बैंकहरूको कर्जा प्रवाह, आयातनिर्यात, सरकारी राजस्व घट्नुका साथै आर्थिक गतिविधि सुस्त भएपछि लचिलो बन्न केन्द्रीय बैंकलाई दबाब छ । यसैगरी प्रभावित भएको आर्थिक क्षेत्रलाई राहत हुने कार्यक्रमको अपेक्षामा निजीक्षेत्र छ । निजीक्षेत्रका उद्योगी व्यवसायीसँगै सरकारी अधिकारीहरूले पनि औपचारिक र अनौपचारिक माध्यमबाट लचिलो मौद्रिक नीतिकै पक्षपोषण गरिरहेका छन् ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि औपचारिक कार्यक्रमहरूमा बैंकिङ क्षेत्रमा रहेको पूँजी परिचालन हुने गरी मौद्रिक नीति आउनुपर्ने भन्दै राष्ट्र बैंकमाथि दबाब बढाइरहेका छन् । कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि भन्दै राष्ट्र बैंकले आव २०७७/७८ र २०७८/७९ का लागि लचिलो र विस्तारकारी मौद्रिक नीति लिएको थियो । यसले बजारमा नगद प्रवाह वृद्धि भई अर्थतन्त्र चलायमान भए पनि लगानी अनुत्पादक क्षेत्र र आयातमा प्रयोग हुँदा अर्थतन्त्रमा नकारात्मक असर परेपछि चालू वर्ष कसिलो नीति ल्याएको थियो ।  जेठसम्म आइपुग्दा बाह्य क्षेत्रको अवस्था सहज भए पनि अझै सतर्क हुनुपर्ने अवस्था रहेको बताउँछन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ । ‘११ महीनाको अवस्थाले हामीलाई मौद्रिक नीतिमा लचिलो बन्न केही स्पेस भने दिएको छ,’ उनले भने ।  मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षासम्म आइपुग्दा केन्द्रीय बैंकले ‘सजगतापूर्वक केही लचिलो बनाइएको’ उल्लेख गर्दै केही क्षेत्रलाई राहत दिइसकेको छ । राष्ट्र बैंकले होटेल तथा रेस्टुराँ, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बद्ध कर्जा र ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जाका साथै लघवित्तको कर्जा पनि पुन:तालिकीकरण र पुन:संरचना गर्न पाउने सुविधा दिइसकेको छ । सरकारले बजेटमा आगामी आवमा ६ प्रतिशत आर्थिक वृद्धि र मूल्य वृद्धिदर ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य प्राप्त गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्नुपर्नेछ । त्यसका लागि आन्तरिक उत्पादन बढाउन सहयोग गर्ने गरी उपलब्ध वित्तीय स्रोत परिचालन गर्ने नीति ल्याउन छलफल भइरहेको अधिकारीहरूको भनाइ छ । 

सम्बन्धित सामग्री

‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्छ’

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताएका छन्। शनिबार चितवनमा नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ)द्वारा आयोजित प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको जिकिर गरे। उनले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो […]

अर्थतन्त्रको मूल्यांकन गरेर कसिलो मौद्रिक नीति ल्याइएको छ

पहिलाको मौद्रिक नीति सहजपूर्ण र लचिलो थियो। अहिले त्यसलाई अलिकति गाँठो पारेको देखिन्छ। अहिले सजगतापूर्ण हिसाबले कसिलो मौद्रिक नीति ल्याइएको छ। मौद्रिक नीति अन्तर्राष्ट्रिय चर के कस्ता छन् ? कस्तो अवस्था हो त्यसलाई हेरेर आउने हो। अन्तर्राष्ट्रिय बजारको प्रभावलाई मूल्यांकन गरेर नेपाल अनुकुल हुन्छ कि हुँदैन भनेर विश्लेषण गरेर ल्याइन्छ। हाम्रो अनौपचारिक क्षेत्रको ‘ग्रोथ एरिया’ […]

नीतिगत दर घटाएर लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याएको जिकिर गरेका छन् । आइबिएन मिडियाले काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले नीतिगत दर घटाएर लचिलो कार्यदिशा समातेको...

लचिलो देखाएर कडा आयो मौद्रिक नीति

काठमाडौं– सरकार र निजी क्षेत्रले यस वर्ष खुकुलो मौद्रिक नीति ल्याउन बारम्बार दबाब दिए पनि राष्ट्र बैंकले वित्तीय क्षेत्रको स्थायित्वलाई केन्द्रमा राखेर नीति सार्वजनिक गरेको छ । विदेशी विनिमय सञ्चितिमा उच्च चाप परेका कारण गत वर्ष बाह्य क्षेत्रको स्थायित्वलाई ध्यान दिएको राष्ट्र बैंकले यो वर्ष वित्तीय क्षेत्रको स्थायित्वलाई प्राथमिकतामा राखेको हो । राष्ट्र बैंकले आइतबार […]

‘लचिलो’ भनिएको कसिलो मौद्रिक नीति

सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रतर्फ जाने कर्जामा ११ दशमलव ५ प्रतिशतको वृद्धि अर्थात् ५ खर्ब ६२ अर्ब रुपैयाँ पर्याप्त हुन्छ : गभर्नर महाप्रसाद अधिकारी

खुकुलो मौद्रिक नीति ल्याउन माग

नेपालको निजीक्षेत्रका तीन वटै छाता संगठनले आगामी आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति लचिलो खालको ल्याउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन्।...

‘कोभिडपछिको लचिलो मौद्रिक नीतिले अर्थतन्त्रमा धक्का’

८ असार, काठमाडौं । कोभिड-१९ महामारीको समयमा दिइएको सहुलियतले अर्थतन्त्रमा चुनौती थपिएको निष्कर्ष नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । कोभिड-१९ पछिको आर्थिक पुनरुउत्थानका लागि राष्ट्र बैंकले दिएको लचिलो मौद्रिक नीति र साना तथा मझौला व्यवसायीलाई दिएको थप सुविधाले अर्थतन्त्रमा नयँ चुनौती थपेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ । ‘महामारीका कारण परेको आर्थिक धक्काको सामना […]

मौद्रिक नीति २०७९/८० : कहाँ कसिलो, कहाँ खुकुलो ?

काठमाडौं, साउन ७ । अर्थतन्त्र सहज अवस्थामा नभएको भन्दै सार्वजनिक भाषणमै कसिलो मौद्रिक नीति आउने संकेत गरिरहेका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० का लागि कसिलो मौद्रिक नीति सार्वजनिक गरेका छन् । कोभिड महामारीको प्रभावमा परेको अर्थतन्त्र पुनरुत्थानका लागि भन्दै विगतका दुई ओटा आर्थिक वर्षमा लचिलो तथा विस्तारकारी नीति ल्याएर प्रशंसा बटुलेका गभर्नरले […]

मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ ।आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भने, “हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका छौं ।”   श्रीलङ्काका वित्तमन्त्री अली सबारी र केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासि

उर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलंकालाई आईएमएफको आग्रह

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलंकालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ । आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भने, ‘हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक […]