दुईपल्ट टरेको बिहे तेस्रोपल्ट हुनै लाग्दा कार बिग्रिएपछि सडकमै धुरुधुरु रोइन् दुलही

बिहेलाई मानिसको जीवनको महत्तवपूर्ण खुशीका रूपमा लिइन्छ । बिहेका क्रममा पटक–पटक बाधा आएपछि कसको मन नरोला ? यस्तै घटना भएको छ इङ्ल्यान्डकी २९ वर्षीया लिडा इवान्ससँग । लिडाको तय भइसकेको विवाह दुईपल्ट कोरोना भाइरस संक्रमणको महामारीका कारण टर्‍यो । तेस्रोपटक बिहे हुने मिति तय भएपछि उनी खुशी थिइन् । उनीसँगै गाडीमा आमाबुवा पनि थिए । बिहेका लागि तयार भएर लिडा चर्चतिर गइरहेका बेला बाटोमै कार बिग्रियो । त्यसपछि उनले कार्यक्रमस्थलसम्म पुग्न बाधा उत्पन्न भयो । अनि उनी सडकमै धुरुधुरु रोइन् । अर्काेतिर दुलाहा पक्ष ...