राजु गुरुङको रिट न्यायाधीशद्वय माथेमा र रेग्मीको इजलासमा

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी सम्बन्धमा परेको रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको हो । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज विरुद्ध गुरुङ असोज २७ गते रिट