काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे ललितपुरमा बस्ने तय भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताएका छन् । बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ । […]
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै सङ्कलन गरेको हस्ताक्षर आज कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने भएको छ । महामन्त्री थापाले सङ्कलित हस्ताक्षर आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी छ । अभियानका क्रममा १४औँ महाधिवेशनमा रहेका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेको […]
काठमाडौँ । भारतकाे राजस्थानअन्तर्गत जैसलमेरमा गरडिरहेकाे बसमा आगलागी हुँदा २० जनाकाे मृत्यु भएकाे छ भने तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ। प्रहरीले दिएकाे जानकारी अनुसार बसमा पटाकाहरू थिए। बसको […]
२९ असोज, काठमाडौं । मेडागास्करमा जेनजी आन्दोलनपछि सेनाले सत्ता हातमा लिएको छ ।
जेनजी आन्दोलनलाई सेनाको एक विशेष दस्ताले समर्थन जनाएपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनी कहाँ छन् भन्ने अझै …