फेडले ब्यादर बढाउने आशंकामा विश्व शेयर बजार राताम्मे, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं । शुक्रबार विश्व शेयर बजार राताम्मे भएको छ । जनवरीमा अमेरिकाको मुद्रास्फीति साढे ७ प्रतिशतमा उक्लिएको तथ्यांक सार्वजनिक भएपछि अघिल्लो दिनको कारोबारमा अमेरिकी शेयर बजार ओरालो लागेसँगै शुक्रबारको कारोबारमा एशियाली शेयर बजारमा पनि दबाब देखिएको हो ।  अमेरिकामा गत महीना ४० वर्षयताकै ताजा उचाईमा मुद्रास्फीति उक्लिएको तथ्यांकले देखाएको छ । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा कदम चाल्ने अड्कलबाजी बढेपछि लगानीकर्ताहरु त्रस्त बनेका छन् । बिहिबार बजार बन्द हुँदा नास्डाक २ दशमलव १ प्रतिशतले घटेर १४ हजार १८५ दशमलव ६४ मा आएर बन्द भएको थियो । एसएन्डपी ५०० परिसचूक पनि १ दशमलव ८ प्रतिशतको कमीसहित ४४९ दशमलव ३२ मा सीमित भएको थियो ।  अर्को मुख्य परिसूचक दाउ जोन्सले पनि १ दशमलव ४७ प्रतिशतको कमी बेहोर्दै ३५ हजार २४१ दशमलव ५९ मा ओर्लिएको थियो । शुक्रबार पनि अमेरिकी शेयर बजार रातोमै रहने शेयर फयूचरहरुले देखाएका छन् । फेडले आगामी महीना सामान्य बेलाको भन्दा ठूलो आकारमा ब्याजदर बढाउने बाजी व्यापारीहरुले थापिरहेका छन् । यस्तोमा ट्रेजरीको प्रतिफलमा उछाल देखिएको छ । १० वर्षे ट्रेजरीको प्रतिफल सन्  २०१९ को अगष्टयता पहिलो पटक बिहिबार २ प्रतिशत नाघेको ट्रेडवेबले देखाएको छ बेलायतको अर्थतन्त्रको वृद्धिदर सुदृढ रहेको तथ्यांक सार्वजनिक भएपछि यूरोपमा पनि शुक्रबार शेयर बजार राताम्मे बनेका छन् । लन्डनमा फूट्सी १०० शुरुआती कारोबारमै शून्य दशमलव ९ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० मा १ दशमलव २ प्रतिशतको कमी आएको छ भने जर्मनीमा डीएएक्स पनि शून्य दशमलव ९ प्रतिशत तलै छ । शुक्रबार बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्ष बेलायती अर्थतन्त्र साढे ७ प्रतिशतले बढेको छ । वृद्धिको यो दर ८० वर्षयताकै उच्च हो । वृद्धिको यो दर अमेरिका, फ्रान्स, जर्मनी, इटली सबैभन्दा धेरै हो । एशियामा शेयर परिसचूकहरु राताम्मे थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेतिर चीनको शाङ्हाइ कम्पोजिट शून्य दशमलव ६६ प्रतिशतले घटेर ३ हजार ४६२ दशमलव ९५ अंकमा आएको थियो । दक्षिण कोरियामा कोस्पी शून्य दशमलव ८७ प्रतिशतले  घटेर २ हजार ७४७ दशमलव ७१ मा आएको थियो । भारतमा पनि बीएसई सेन्सेक्सले १ प्रतिशतभन्दा धेरैको कमी बेहोरेको थियो । जापानमा बजार बन्द थियो । एशिया क्षेत्रमा हङकङ, सिंगापुर, ताइवान, थाइल्यान्ड, इन्डोनेशिया लगायत सबै बजारहरु पनि रातोमै आएका थिए ।  यस वर्ष फेडले कति छिटो छिटो अनि कति सम्म ब्याजदर बढाउँला भनेर लगानीकर्ताहरु सोचमग्न बन्दा यस वर्ष शेयर बजारमा निकै उतारचढाव आइरहेको छ । विगत पाँचमध्ये तीन हप्तामा एसएन्डपी ५०० घटेको छ । जनवरी १३ को कीर्तिमानी उच्च स्तरको तुलनामा अहिले एसएन्डपी ६ दशमलव १ प्रतिशत तल छ । कोरोना भाइरसको महामारीको प्रभावबाट अर्थतन्त्रमा विस्तारै पुनःबहाली भइरहँदा महँगी आकाशिएको छ । आपूर्ति अभाव र विश्वको आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण महँगी बढेको छ ।  शुक्रबार कमोडिटिज बजारमा कच्चा तेलको भाउ बढेको छ । लन्डनको आईसीईमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ३५ प्रतिशतले बढेर प्रतिब्यारेल ९१ डलर ७३ सेन्टमा पुगेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियिट (डब्ल्यूटीआई)को भाउ शून्य दशमलव ५४ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ८९ डलर ३० सेन्टमा किनबचे भइरहेको छ । युक्रेनको विषयमा यूरोपमा तनाव बढिरहँदा हालैका दिनमा तेलको भाउले टेवा पाइरहेको छ ।  अन्तरराष्ट्रिय बजारमा अघिल्लो दिन केही उतारचढाव बेहोरेको सुनको भाउमा शुक्रबार पनि स्थीरप्रायः छ । यो समाचार तयार पार्दासम्म स्पट गोल्डको भाउ प्रतिऔंस शून्य दशमलव ९८ प्रतिशत अर्थात् १७ डलर ७५ सेन्टले बढेर १ हजार ८२५ डलर ७४ सेन्ट कायम भयो । यूएस गोल्ड  फयूचर्सको भाउ भाउ शून्य दशमलव शून्य ४ प्रतिशतले बढ्दै प्रतिऔंस १ हजार ८३७ डलर ४ सेन्टमा पुगेको छ ।  महँगी नियन्त्रण गर्न फेडले ब्याजदर बढाउने सम्भावना बलियो भएपछि पछिल्लो समय सुन बजार दबाबमा आएको छ । फेडले ब्याजदर बढायो भने डलर बाहेक अन्य मुद्रा बाहकका लागि डलरमा किनबेच हुने सुन महँगो बन्नेछ । त्यस्ता क्रेताबाट सुनको माग घट्दा मूल्यमा पनि दबाब हुनेछ । यद्यपि, सुनको भाउले प्रतिऔंस १ हजार ८१९ डलरमा टेवा पाउने प्राविधिक विश्लेषणले देखाएको छ । एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेको छ । बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । हिजो/अस्ति सोमबार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ । बजार घटेको दिन दुई सय ५२ वटा […]

शेयर बजार हरियो

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौँ । शेयर बजार परीसूचक नेप्से आज (बुधवार) दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज ११.२२ अङ्कले बढेर एक हजार आठ सय ४८.८२ अङ्कमा पुगेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से […]

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

भोलि आइतबार शेयर बजार बन्द रहने

३ पुस, काठमाडौं । भोलि आइतबार शेयर कारोबार खुला नहुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिने भएकाले आइतबार शेयर बजार पनि बन्द रहने भएको हो । शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि […]

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]

सर्किट ब्रेकपछि फर्कियो शेयर बजार

नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।  बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।  १४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।

आइतबार र सोमबार शेयर बजार नखुल्ने

काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो । आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र […]