बाँकेमा ४२ वन्यजन्तुको उद्धार

आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिनुभयो ।