पक्राउ पुर्जीको विरोधमा वैद्य बास्तोलासहित ६ दलको विरोध

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ दलले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको आरोप लगाउँदै फासिवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले

सम्बन्धित सामग्री

लघुवित्तका कर्मचारीलाई मोसो दल्ने क्रान्तिकारीका कार्यकर्ता पक्राउ

लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन्।...

चुनावविरोधी गतिविधि गर्ने ७ जना महोत्तरीमा पक्राउ

जनकपुरधाम : महोत्तरी प्रहरीले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्ने  ७ जनालाई पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ७ जना नेता कार्यकर्ता पक्राउ परेका हुन्।महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–७ बनौटा टोलबाट वैद्य माओवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालकसहित ७ जनालाई पक्राउ गरिएको जिल्ल

वैद्य निकट माओवादीका १६ जना कार्यकर्ता पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। शुक्रबार हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने क्रममा वैद्य निकट नेता कार्यकर्ता पक्राउ परेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।काठमाडौंको असन, बागबजार क्षेत्रमा मसाल जुलुस निकालेर विरोध जनाएपछि प्रहरीले पक्राउ गरेर दरबारमार्ग वृत्तमा राखिएको छ। अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलसहित केन्द्रीय सदस्य वसन्त बोगटी १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

चुनाव बहिष्कार गरी मसाल जुलुस निकाल्ने वैद्य निकट विद्यार्थीहरु समातिए

काठमाडौँ- वैशाख ३० गते हुने निर्वाचनको पूर्वसन्ध्यामा चुनाव बहिष्कार गरी राजधानीको दरबारमार्गमा मसाल जुलुस निकाल्ने नेकपा वैद्य निकट विद्यार्थी संगठनका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दरबारमार्गमा मसाल जुलुस निकाल्दै गर्दा उक्त संंगठनका अध्यक्ष हरि गजुरेलसहित विद्यार्थीहरु समातिएका हुन्। वैशाख ३० गते शुक्रबार देशभरिका ७५३ पालिकाहरुमा स्थानीय निर्वाचन हुँदै छ।

शिक्षकलाई कालोमोसो दलेको अभियोगमा विद्यार्थी नेता पक्राउ

खोटाङका शिक्षकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर अपमान गरेको आरोपमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत) निकट एक विद्यार्थी नेता पक्राउ परेका छन्।...

नेपाल बन्दमा पक्राउ परेका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न आग्रह गरेको छ ।

वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सदस्यसहित ९ जना पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कृष्णभक्त महर्जनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ललितपुरमा मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पुल्चोकस्थित मन्त्री क्वार्टर आसपासमा निषेधित क्षेत्र तोडेर मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सो क्रममा भएको झडपमा एक प्रहरी जवान समेत घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एमसीसीको विरोधमा क्रान्तिकारी माओ

एमसीसीको विरोध गर्ने वैद्य समूहका ६ जना पक्राउ

काठमाडौँ – अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोहन वैद्य तर्फका विद्याथी युनियनले अमेरिकी दूतावासको अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनकारीमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेल लगायत रहेका छन्। गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै […]

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

सुर्खेत। प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले कालागाउँबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा.शंकर रिजाल,डा.यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।