एमसीसी सम्झौताबारे प्रतिनिधि सभामा शुरु भयो छलफल

फागुन १५, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा केहि बेरअघि सैद्धान्तिक छलफल शुरु भएको छ । निर्धारित  समयभन्दा ढिला शुरु भएको आइतवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन बीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीबारे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन्।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन्।  अध्यक्ष ठाकुरले उक्त सम्झौता कार्यान्वयनपछि नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे। त्यसैगरी नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गरिए पान्डोराज बक्स खोलेजस्तो हुने बताएका छन्।  उता नेकपा(एमाले) का सांसद भीम रावलले एमसीसी प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकार गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेस हुनु आपत्तिजनक भएको पनि बताए।  राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गर्न नहुने बताइन्। उनले एमसीसी अनुमोदन गर्दा  नेपालको राष्ट्रिय स्वाधीनतामा समस्या आउने दाबी पनि गरिन् ।  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताए । उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको पनि बताए । उता प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदहरुले भने रोष्टममा नाराबाजी गरिरहेका छन् । #अद्यावधिक   यो पनि हेर्नुस् : आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?  

सम्बन्धित सामग्री

अन्तत : प्रतिनिधि सभाबाट पारित भयो एमसीसी सम्झौता

फागुन १५, काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट अन्तत : अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेकोमा संसदले उक्त सम्झौता पारित गरेको छ ।  नेकपा(एमाले) ले प्रतिनिधि सभामा विरोध गरेता पनि सांसदहरुले उक्त सम्झौता पारित गरेका हुन् । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् । एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने यसअघि सत्तारुढ दलहरुबीच सहमति भएको थियो ।   यो पनि हेर्नुस् : एमालेको अवरोधका बीच व्यवस्थापिका संसदमा व्याख्यात्मक घोषणापत्र पेश प्रतिनिधि सभा आधा घण्टाका लागि स्थगित, एमसीसी सम्झौता आजै अनुमोदन हुने एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ? एमसीसी सम्झौताबारे प्रतिनिधि सभामा शुरु भयो छलफल आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?

प्रतिनिधि सभा आधा घण्टाका लागि स्थगित, एमसीसी सम्झौता आजै अनुमोदन हुने

फागुन १५, काठमाडौं । प्रतिनिधि सभा बैठकबाट अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसद स्थगित भएको छ । सांसदहरुले उक्त सम्झौतामा पक्ष र विपक्षमा बोलिसकेपछि सभामुख अग्नि प्रसाद सापकोटाले आधा घण्टाका लागि संसद स्थगित गरेको बताए । उक्त सम्झौता अनुमोदन गर्ने प्रस्ताव बुहमतले पारित भएकाले सभामुखले अर्को बैठकका लागि संसद स्थगित गरेका हुन् । प्रतिनिधि सभामा उक्त सम्झौतामा सैद्धान्तिक छलफल भएपछि सांसदहरुले राखेका प्रश्नमा सरकारले जवाफ दिएपछि एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित भएपछि आजै अर्थमन्त्रीले प्रतिनिधि सभाको अर्को बैठकमा पेस गर्नेछन् । त्यसपछि बैठकमा सरकारले जवाफ दिएपछि आजै एमसीसी पारित गर्ने तयारी छ ।

एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सरकारले पेश गरेको अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)माथि आजको प्रतिनिधि सभा बैठकमा छलफल शुरु भएको हो । आईतबार विहान सत्ता गठबन्धनमा सहभागी दलहरुबीच एमसीसीलाई सैद्धान्तिक व्याख्या सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने सहमति भएपछि आइतबार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस […]

आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?

फागुन १५, काठमाडौं । प्रतिनिधि सभा बैठकबाट अन्य परिस्थिति उत्पन्न नभएमा आइतवार नै अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन हुने भएको छ । आइतवार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र तथा नेकपा समाजवादीका नेताहरु सम्झौताको व्याख्यात्मक छलफल गरेर पारित गर्न सहमत भएका थिए । प्रतिनिधि सभामा उक्त सम्झौतामा सैद्धान्तिक छलफल गरेपछि सांसदहरुले राखेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर एमसीसी पारित गर्ने तयारी छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आइतवार नै अनुमोदन हुने जानकारी सञ्चाकर्मीहरुलाई दिएका छन्। एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधि सभामा पेस गर्ने तयारी छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ । यसैबीच आइतवार प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा केही समय ढिलागरी शुरु हुने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा समाजवादीका दलका नेताहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्तावलगायतका प्रक्रिया मिलाउन व्यस्त भएकाले आइतवारको निर्धारित बैठक हुन ढिलाइ हुने भएको हो । संसद भवन बाहिर प्रदर्शन जारी  एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले भने आइतवार पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन् । युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै नाराबाजी गरेका थिए । तर उसकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।  एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा एकसाता यता दैनिकजसो विरोध प्रदर्शन हुँदै आएको छ ।

एमसीसी निर्यायक मोडमा,गठबन्धन तोडिने संभावना

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीलाई लिएर सरकार र सडक दुबैमा देखिएपछि गठबन्धन सरकार संकटमा परेको छ । बिहिबार प्रतिनिधि सभामा अमेरिकी सहयोग संझौता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)मा सामान्य छलफल गर्ने कार्यसूचि रहेकोमा त्यस्तो वाताबरण नभएपछि सरकारले सभामुखसंग आग्रह गरेर आजको प्रतिनिधि सभा बैठक स्थगित गराएको छ […]

एमसीसीमाथि आजदेखि छलफल

प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ ।