वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ । मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका […]
गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ । शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको उनले बताए। गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोका दरबारमा […]
३१ असोज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा …
मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको ३३९औँ बैठकले ८.७५ प्रतिशत लाभांश दर कायम भएको उक्त सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता अग्राधिकार सेयर संस्थागत लगानीकर्तालाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्नेछ। […]