सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा श्रेष्ठ चयन

सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसिएसनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको पहिलो बैठकबाट सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनमा महासचिवमा डा. श्रेष्ठ सर्वसम्मतले चयन भएका हुन् ।उक्त एसोसिएसनको महासचिवमा चयन भएका श्रेष्ठ नेपाल भेटेरिनरी एसोसिएसनको वर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै भारतीय भेटेरिनरी एसोसिएसनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको अध्यक्षमा चयन भएका छन् ।&nb