पार्टी बसः अब बस भित्रै पार्टी, डिस्को र बार

हामी मध्ये धेरैलाई बसमा यात्र गरिरहदा बस भित्र पनि डिस्को बार हुन्छ ? यहाँ पार्टी गर्न पनि मिल्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर यो बास्तविकता हो ।भिजिट नेपाल २०२० लाई लच्छित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलिको पार्टी बस सञ्चालनमा ल्यायो । तर कोरोना भाइरसको महामारीका कारण उक्त बस सञ्चालनमा बाधा पुग्यो । यसले सुरुमै महामारीको सामना गर्नुपर्याे । जसले गर्दा उक्त बस सञ्चालन कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि जारी गरिएको लकडाउनका कारण बन्द भयो । कोरोना भाइरसका विभिन्न चरणमा पार्टी बस सुचारु हुँदै पुनः लकडाउनका कारण बन्द हुन पुगेको थियो । पछिल्लो समय भने पार्टी बसको माग बजारमा ह्वात्तै बढेको छ ।महामारीका कारण राम्रोसँग सञ्चालनमा हुन नसके पनि पछिल्ला दिनहरुमा माग ह्वात्तै बढेको रेस नेपालले बताएको छ । कोरोना महामारीको जोखिम कम हुन थालेसंगै अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ ।पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्काले पछिल्लो समय यसले राम्रो मार्केट लिन थालेको बताए । ‘सुरुमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन । तर पछिल्लो समय पार्टी बस नेपालको माग बढ्न थालेको छ ।’रेस नेपालले युट्युबमा पार्टी नेपाल बसको इन्ट्रोडक्सन भिडियो अपलोड गरेको छ । जसमा यसलाई साउथ एसियामा नै पहिलो पटक संचालनमा आएको पार्टी बस भनिएको छ । पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिनछे । बसभित्रै डिजे, बार, धूम्रपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय लगायतको व्यवस्था छ । जसले गर्दा विवाह, बर्थ–डे, एनिभर्सरि, स्टाफ पार्टि, ब्याचलर पार्र्टी, भिजा पार्र्टी लगायत निजी बुकिङ गरि व्यतिगत पार्टी बनाउन सकिन्छ । विभिन्न खाले विशेषता भएकोले अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्य जस्तै बनेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि यो सहज माध्यम हुन सक्छ । यसमा उच्च बर्गकाहरुले मात्र नभई लोकल रुपमा पनि मानिसहरुले प्रयोग गर्न सक्नेछन् । दैनिक बेलुका ८ बजे पछि रिङ्ग रोड र काठमाडौको भीत्री भागमा हप अन राईड अर्थात लोकल मानिस पनि रमाईलो गर्नका लागी बस चढ्ने र पार्टी सकिए पछि झर्ने मिल्ने ब्यवस्था समेत पार्टी बस नेपालले गरेको छ । यसले गर्दा लोकल मानिसहरु समेत यसमा आकर्षित हुने इन्चार्स खड्काले बताए ।प्राय रिङ्ग रोड वरिपरि आफ्नो पायक पर्ने चोकमा जम्मा भई मानिसहरुले कल गरेर बस बुकिङ गर्न सकिन्छ । प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने हप अन राईडको लागी रातको ८ बजे पछि पार्टी बसले चोक चोकमा पुगेर माग अनुसार पिक अप गर्ने र पार्टी सकिएपछि सोहि ठाउँमा ल्याएर यात्रुहरुलाई झारिदिन्छ ।यसको अझ रमाईलो कुरा त के छ भने रेस्टुरेन्टहरु निश्चित समय सम्ममात्र खोल्ने भएकोले रेष्टुरेन्टहरुले आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएर समेत मनोरन्जन दिने गरेका छन् । अहिले नयाँ पुस्ताहरुका लागि गुडीरहेको बसमा आफ्नो इच्छा अनुसारका गीतहरु बजाउँदै, पिउँदै, रमाउनु, समुह बनाएर मनोरन्जन लिनु पनि एउटा नयाँ र मिठव अनुभब हुन सक्छ ।पार्टी बसको योजनाडेनमार्क निवासी असोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए । पार्टी बस नेपालका प्रबन्धक समेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवर्धन गर्न तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार गरेका थिए । त्यसपछि उनले नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस सुरु गरेका थिए ।अहिले यसले विस्तारै आफ्नो व्यवसायलाई फराकिलो बनाउने योजना बनाउँदै छ । पार्टी बस नेपालका सर्भिस इन्चार्ज खड्काका अनुसार अब लामो दूरीका लागि प्रयोग गर्न मिल्ने बसहरु समेत आउँदैछ । ‘अबको योजना भनेको लामो दूरीका लागि चल्ने बसहरु ल्याउँदै छौँ । यस्तै छुट्टै भ्यानहरु समेत आउनेछ ।’ अहिले पार्टी नेपालको दुई बस सञ्चालनमा छन् ।कहाँ कसरी र कसले रुचाउदैछन् पार्टी बस ?पछिल्लो समय समुह बनाएर आफ्नो थीम अनुसारको पार्टीमा संचालन हुने गरेको छ । विशेषत कलंकी, ललितपुर, भक्तपुर, बुढानिलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको रेस नेपालले जनाएको छ ।यसको माग बढ्दो क्रममा रहनुका साथै आफुले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोहि ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घर नजिकै झर्नेहरुको संख्या बढ्दो छ ।पार्टी नेपाल बसमा हालसम्म हेलोईन पार्टी, न्यु एयर पार्टी, क्रीसमस पार्टी, निवन लाईट थिम पार्टी लगायतका बर्थडे पार्टी,  एनीभर्सरी, ब्याचुलर पार्टी, भीजा पार्टी, स्टाफ पार्टी आयोजना भएको रेस नेपालले जनाएको छ ।पछिल्लो समय कलाकार बोलाएर लोक, पप साँझहरु भएको र पछिल्लो समय यसको क्रेज बढेको साथै उपत्यकाबाहिर पोखरा, चितवन र बुटवलमा बढि माग बढेको रेस नेपालले जनाएको छ ।उपत्यकाबाहिर यसको माग बढेसंगै यो सेवाले पर्यटन प्रवद्र्धन तथा राजधानीलगायत देशका विभिन्न स्थानमा बाह्य तथा आन्तरिक पर्यटकका लागि मनोरञ्जनको सर्वाेत्तम विकल्प हुने संस्थाको विश्वास छ । उपत्यका बाहिर माग बढ्न थालेकोले पनि लामो दूरीका लागि प्रयोग हुने बस ल्याउने लागिएको रेस नेपालको भनाई छ ।यसमा गैरआवासीय नेपाली, उद्यमी र पर्यटन उद्योगका अनुभवी व्यक्तिको लगानी रहेको छ । त्यसो त कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ भने फोन गरेर पार्टी बस बुकिङ गर्न सकिने छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री र बार एसोसिएसनका पदाधिकारीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र...

न्यायालयको विकृति अन्त्यका लागि बार प्रतिबद्ध : अध्यक्ष घिमिरे

नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यायालयको विकृति सुधारका लागि बार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार बार काउन्सिलद्वारा आयोजित तालिम सुभारम्भ कार्यक्रममा अध्यक्ष घिमिरेले यस्तो बताएका हुन्। उनले न्यायालय...

नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दाेलन राेकिँदैन : बार एसाेसिएशन

काठमाण्डाै – नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध आज आइतवार संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आफूहरूको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताउनुभएको हो ।  आज बार एसाेसिएशन परिसरमा कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठ...

जबराविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ : बार

काठमाडौं, फागुन १ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने बताएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताउनुभएको हो […]

धर्नालाई निरन्तरता दिन देशभरका बार इकाइहरुलाई परिपत्र

नेपाल बार एसोसियसनले धर्नाका कार्यक्रमलाई निरन्तरता दिन देशभरका बार इकाइहरुलाई परिपत्र जारी गरेको छ। सोमबार बसेको बारको बैठकले उच्च तथा जिल्ला अदालत नियमावली संशोधन नगरिएको भन्दै सबै बार इकाइहरुलाई धर्नाका...

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

बेञ्च फर्किएका न्यायाधीशहरुसँग छलफल गर्दै बार

नेपाल बार एसोसियसनले बेञ्च फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ। सर्वोच्च बार एसोसियसनका सचिव ऋषिराम घिमिरेका अनुसार अहिले १ बजे न्यायाधीशहरुको धारणा बुझ्न बारका पदाधिकारीले छलफल गर्न...

बार–बेन्च तनाव कायमै

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ । बार एसोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो ।छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । बारले प्रधानन्यायाधीशको राजीनामा […]

असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गर्दै बार

नेपाल बार एसोसियसनले असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ। सोमबार बारसँगको बैठकमा अनुपस्थित रहेका सर्वोच्चका पाँच न्यायाधीशहरुसँग छलफलका लागि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका पदाधिकारीको टोलि  सर्वोच्च प्रवेश गरेको...

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुर्नरुत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग गरेको छ ।पत्रकार सम्मेलन गरेर रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोरोनाका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र पर्यटन क्षेत्रभित्र पर्ने रेटुरेन्ट तथा बार व्यवसायलाई पनि असर परेको भन्दै यस व्यवसायलाई पर्नरुत्थान गर्न कम्तिमा एक पटकको […]