एपीएफका र आर्मी तथा फ्रेण्ड्स र एनआरटी भिड्दै

विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेलको सुरुआत हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्दै छन् । दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ  । आर्मी भने विभागीय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउँदै उपाधि दाबेदारीलाई यथावत राख्न चाहन्छ  । एपीएफ ६ खेल