सरकारलाई राप्रपाको आग्रहः मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिमलाई सम्बोधन गर

अखण्ड सुदूरपश्चिमको माग राख्दै विगत नौ दिनदेखि सुदूरपश्चिम ठप्प छ । बन्दका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायत दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । भारत, काठमाडौंलगायत अन्यत्र पुग्नुपर्ने यात्रुहरू कञ्चनपुर र धनगढीमा थन्किन बाध्य छन् । समग्रमा यो बन्दले सुदूपश्चिमको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । सुदूरपश्चिमको मामिलामा नेपालका प्रमुख राजनीतिक दलहरूमा समेत मतभिन्नता देखिएको छ । ‘जातीय संघीयता चाहिँदैन, सुदूरपश्चिम टुक्र्याउन पाइँदैन’ भन्ने मुख्य नाराका साथ भइरहेको यो आन्दोलनलाई सरकार र संविधानसभाले सम्बोधन गर्ने आवश्यकता अझै देखेको छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्दोलनकारीलाई वार्तामा आउनबाहेक अन्य आह्वान गर्न सकेका छैनन् । अखण्ड सुदूरपश्चिमका समर्थक र थरुवान राज्य माग्दै आन्दोलनको समर्थन र विपक्षमा उभिएका सुदूपश्चिमका जनतालाई तत्कालै राजनीतिक दल र सरकारले सम्बोधन गर्नुपर्छ । एनेकपा माओवादीकै कारण नेपालमा जातीय राज्यको माग उर्लिएकाले एमाओवादीलाई अहिले यो विषय निल्नु न ओकल्नु भएको छ । ताम्सालिड, नेवा, तमुवान, खम्बुवान, लिम्बुवान, शेर्पा, मगरात आदि राज्यका नाममा मुलुकको जातीय सद्भाव यसरी खलबल्याउने कार्यको शुरुआत एमाओवादीले गरेको हो । सशस्त्र आन्दोलनमा जनजातिहरूलाई आफ्नो पार्टीमा आरक्षित गराउन उछालिएका यस्ता जातीय राज्य बन्न आर्थिक आधार भने एमाओवादीले कहिल्यै स्पष्ट पार्न सकेको छैन । (सम्पादकीयबाट)  वर्ष ६, अंक २३१, आइतवार, २४ वैशाख, २०६९

स्थानीयको माग सम्बोधन गर

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले असोज १ गतेबाट फोहोर विसर्जन गर्न रोक लगाउने निर्णय गरेका छन् । मुख्य कारण ल्यान्डफिल साइट क्षेत्र मावनरहित बनाउनुपर्नेछ । त्यसको लागि सरकारसँग करिब ३ हजार रोपनी जग्गा अधिग्रहण गर्न माग गरेका छन् । हुन त स्थानीय जनताको यो माग पुरानो होइन । विगत दुई […]

सहकारीको समस्या सम्बोधन गर

२०१३ साल चैत २० गते चितवन जिल्लामा स्थापना भएको बखानपुर सहकारी ऋण समितिलाई नेपालको पहिलो सहकारी संस्था भनेर चिनिन्छ । यहि दिनलाई स्मरण गदैै चैत २० गतेलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिन्छ । यस बर्ष सहकारीको दिगोपनाः स्वनियमन र सुशासन भन्ने नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । समाजवाद उन्मुख […] The post सहकारीको समस्या सम्बोधन गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

व्यवसायीका माग सम्बोधन गर

राजनीतिक दलहरू आगामी मंसिर ४ मा हुने आमनिर्वाचनका लागि सभा–सम्मेलन गर्न व्यस्त भएका बेला उद्योगी–व्यवसायी भने व्यवसाय जोगाउन भन्दै सडकमा ओर्लिएका छन् । तरलता अभावको बहानामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको र राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी पछिल्लो निर्देशिकाका कारण व्यवसाय धान्न सकिने अवस्था नरहेको व्यवसायीको भनाइ छ । अर्थमन्त्रालय, राष्ट्र बैंकलगायतका निकायलाई […]

द्वन्द्वपीडितका सवाल सम्बोधन गर

मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व बृहत् शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएको १६ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडितहरूले न्याय पाउन नसक्नु राजनीतिक दलहरूका साथै त्यसयता गठित सबै सरकारको अक्षमता हो।...

मुक्तकमैयाका समस्या सम्बोधन गर

कैलारी गाउँपालिकाको विपतपुरमा बसालिएका मुक्तकमैया अहिले पनि विपद्को अवस्थामा जीवन गुजारा गरिरहेका छन् । उनीहरू मुक्त घोषणा गरिँदाका बखत जेजस्तो अवस्थामा थिए, अहिले पनि सोही अवस्थामा छन् । वितरण गरिएकोे प्रतिपरिवार ५ कट्ठा जग्गाले आजको बढ्दो परिवार संख्यालाई धान्न पनि सकिरहेको छैन । हरेक वर्ष उनीहरूले आधारभूत समस्या हल गर्ने मौका नै पाएनन् । सधैँ […] The post मुक्तकमैयाका समस्या सम्बोधन गर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘दोहोरो करको समस्या सम्बोधन गर’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे ललितपुर घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । दुई दिन चलेको महाधिवेशनपछि जारी घोषणापत्रमार्फत एनआरएनएले बाह्य लगानी आकर्षणको प्रमुख बाधकका रुपमा रहेको दोहोरो करको समस्यालाई सम्बोधन गरी लगानीको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।घोषणापत्रमा नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकहरुसँग […]

जलवायु परिवर्तनको असर सम्बोधन गर

विश्व जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको छ । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । जलवायु परिवर्तनका कारण यी तीनवटै क्षेत्र डरलाग्दो गरी प्रभावित भइरहेका छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ पग्लने प्रक्रिया निकै तीव्र छ । हिमरेखा माथिमाथि सर्दै गइरहेको छ । पर्वतारोही अहिले सगरमाथाको वरिपरि पानी देख्दा […] The post जलवायु परिवर्तनको असर सम्बोधन गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपभोक्ताको आवाज सम्बोधन गर

दसैं, तिहार र छठजस्ता चाडपर्व मनाउँदै गरिरहेका बेला उपभोक्ता पाइलापाइलामा ठगिरहेका छन् । चाडपर्वका अवसरमा अकासिने महँगीको बेला बजार अनुगमन गर्ने निकाय शसक्त हुन सकेका छैनन् । भर्खरै मात्र मन्त्रिपरिषद्को विस्तार भए पनि सरकारी निकायले सशक्त रूपमा काम गर्न सकिरहेका छैनन् । यस्तै सरकारका कतिपय निकाय अझै पनि नेतृत्वविहीन अवस्थामा छ । वाणिज्य आपूर्ति तथा […] The post उपभोक्ताको आवाज सम्बोधन गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अतिप्रभावित क्षेत्रलाई सम्बोधन गर

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले एक महिनाभित्र आर्थिक पुनरुत्थान प्याकेज ल्याउने घोषणा गरेसँगै निजी क्षेत्र उत्साहित बनेको छ । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत असार २९ गते कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्न एक महिनाभित्र प्याकेज ल्याउने निर्णय गरेसँगै निजी क्षेत्र उत्साहित बनेको हो ।अघिल्लो सरकारले वित्तीय क्षेत्रमा मात्र सहुलियत दिएको भन्दै […]