दाङ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्राेत, साधनलाई सही रूपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिकाे यात्रामा पछि परेको बताउनुभएको छ ।
शनिबार तुलसीपुर उद्योग वाणिज्य सङ्घको २६ औँ साधारण सभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले देशभित्र अथाह प्राकृतिक स्राेत र साधनहरू हुँदाहुँदै पनि देश विकास र समृद्धिकाे यात्रामा पछाडि परेको बताउनुभएको छ ।
‘हामीसँग प्रशस्त मात्रामा प्राकृतिक स्राेत र साधनहरू छन् । यसलाई हाम...