नेपाल बैंकर्स संघले भन्यो : क्रिप्टो/ भर्चुअल करेन्सी/ नेटवर्क मार्केटिङ कारोबार गैरकानूनी

माघ १२, काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो/ भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/ व्यवसाय गैरकानूनी भएको बताएको छ ।            संघले बुधवार सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानूनी रहेको भन्दै त्यसको कारोबार नगर्न भनेको छ । साथै उसले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेपनि बताएको छ । ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/ भर्चुअल तथा नेटवर्क मार्केटिङलगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेकोे पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ’, संघले जारी गरेको सूचनामा भनिएको छ ।            गत माघ ९ गते नेपाल राष्ट्र बैंकले समेत भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने बताएको थियो । पछिल्लो समय नेपालमा गैरकानूनी मानिएको क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको बताइएको छ ।  

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबारमा संलग्न नहुन राष्ट्र बैंकको अनुरोध

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतमा गरिने लगानी गैरकानुनी भएको बताएको छ । यस्ता लगानीले नेपालमा कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो […]

क्रिप्टोकरेन्सी र हाइपर फन्डको कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानुनी रहेको बताएको छ । सोमबार बैंकले एक सूचना जारी गर्दै नेपालमा विदेशी मुद्राको रुपमा भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी(स्टेबल क्वाइन समेत)ले कानुनी मान्यता नपाएको जनाएको छ । यस्तो कारोबार गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार नगर्नू

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैर कानुनी रहेको बताएको छ । सोमबार केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानुनी मान्यता नपाएको जनाएको छ । यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त […]

क्रिप्टो-करेन्सी कारोबार नगर्न केन्द्रीय बैंकको चेतावनी

काठमाडौंँ – नेपाल राष्ट्र बैंकले बिटकोइन कारोबार, क्रिप्टो करेन्सी कारोबार र भर्चुअल करेन्सी क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार-व्यवसाय गैरकानूनी रहेको भन्दै कारोबार नगर्न चेतावनी दिएको छ । यसअघि पनि बैंकले पटक पटक सार्वजनिक सूचना प्रकाशन गरी नेपालमा यस्ता भर्चुअल करेन्सी कारोबार नगर्न अनुरोध गरेको भ...

राष्ट्र बैंकले फेरि भन्योः ‘नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो’

नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गैरकानुनी रहेको बताएको छ ।  बैंकले सोमबार एक विज्ञप्ती जारी गर्दै बिटक्वाइन कारोबार, क्रिप्टोकरेन्सी कारोबार र भर्चुअल करेन्सी तथा नेटवर्क मार्कटिङ अन्तर्गतको कारोबार/व्यवसाय गैरकानुनी रहेकोबारे क्रमशः मिति २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा सार्वजनिक सूचनाहरू...

बैंकर्स सङ्घको आग्रह

काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङ्घले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ […]

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।  नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।  छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको ...