झापा १ बाट विश्वप्रकाश सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

सम्बन्धित सामग्री

सोलुखुम्बुमा एमालेबाट मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिससहित प्रतिनिधिसभा सदस्यको समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ २० जना उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाको समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको […]

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

अर्घाखाँची एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

अर्घाखाँची- नेकपा एमाले अर्घाखाँचीले पूर्व उपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् । यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा […]

दाङ २ बाट शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले शंकर पोखरेललाई दाङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको २ नम्बर क्षेत्रीय कमिटीको बैठकले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिवसमेत रहेका पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी…

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा काभ्रे–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काभ्रे : पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूराे सदस्य गोकुल बास्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।नेता बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका हुन्।प्रतिनिधिसभा समन्वय कमिटीले नेता बास्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ। आज बसेकाे बैठकले पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बास्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेकाे

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस हुनुभएको छ । शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, […]

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको  कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।आज सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । “झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्

डा. आरजु राणा देउवालाई कैलाली ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

धनगढी- आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएकाे छ। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेकाे हो। बुधबार सम्पन्न नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई […]

श्रममन्त्री कुँवर अछाम-१ बाट उम्मेदवार सिफारिस

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको […]

दिक्तेल नगरमा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो ।नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दावेदार थिए । उपमेयरका उम्मेदवार राई दोश्रो कार्यकालका लागि उठ्न लागेकी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपाल