प्रचण्डको नजरमा ओली सामन्ती एजेन्ट, भने : चुट्कीकै भरमै समाप्त हुनेछन्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई सामन्ती तथा निरंकुशताको एजेन्ट भएको आरोप लगाएका छन्। बुटवलमा आयोजित नेकपाको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री समेत रहेका ओली अबको केही महिनामै धराशायी हुने दावी गरे। आफ्नो आन्दोलन ओलीबिरुद्ध मात्रै नभइ गलत विचारको बिरुद्ध भएको उनको तर्क थियो।…