२७ वर्षदेखि बन्द फूलबारी रिसोर्ट सञ्चालनमा आउने, पौने ३ अर्ब ऋण तिर्न सञ्चालक तयार

काठमाडौं । Nepal Bank Limited को नेतृत्वमा Rastriya Banijya Bank र कर्मचारी सञ्चय कोष EPF Nepal ले संयुक्त रूपमा पोखराको फूलबारी रिसोर्टमा लगानी गरेको खराब कर्जा असुल हुने भएको छ । रिसोर्टका सञ्चालक पीयूषबहादुर अमात्य र बैंकबीच पौने ३ अर्ब रुपैयाँ ऋण तिर्ने सहमति भएको हो । सहमतिसँगै लामो समयदेखि बन्द रिसोर्ट सञ्चालनमा आउने र बैंक, वित्तीय संस्थाको पनि २७ वर्ष पुरानो खराब कर्जा असुली हुने भएको हो ।  राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) किरणकुमार श्रेष्ठले रिसोर्ट सञ्चालक अमात्यसँग २ अर्ब ७५ करोड रुपैयाँ एकैपटकमा तिर्ने गरी ऋण भुक्तानी सम्झौता भएको र त्यो कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । ‘३ महीनाअघि नै अमात्यसँग ऋण तिर्नेबारे सम्झौता भएको हो,’ उनले भने, ‘लगानी गरेका सबै बैंकको सञ्चालक समितिबाट सम्झौता पारित गरेपछि कार्यान्वयनमा जान्छौं ।’  सहवित्तीयकरण लगानीमा नेपाल बैंकले नेतृत्व गरेकाले असुलीका लागि पनि उसको सञ्चालक समितिले पहिले निर्णय गर्नुपर्ने उनले बताए । शुरूमा चैत मसान्तसम्म ऋण तिर्ने सम्झौता भए पनि हाल असारसम्मको समय दिइएको छ । ऋण चुक्ता भएपछि बैंकहरूले सम्पत्ति फुकुवा गर्नेछन् ।  Resort लाई २०५२ सालमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन एनआईडीसी तथा कर्मचारी सञ्चय कोषले गरी १ अर्ब ३१ करोड रुपैयाँ ऋण दिएका थिए । शुरुआती वर्षमा नियमित किस्ता तिरे पनि २०६३ सालमा रिसोर्ट बन्द भएपछि भने बैंकको साँवाब्याज भुक्तानी भएको छैन ।  रिसोर्टले ऋण नतिरेपछि बैंकले पटकपटक असुली प्रक्रिया अघि बढाएको थियो । तर, सञ्चालक अमात्यले राजनीतिक दबाब तथा अदालती प्रक्रियाबाट लिलामी प्रक्रिया रोक्दै आएका छन् । अमात्यले विदेशी साझेदार ल्याएर होटेल सञ्चालन गर्ने र ऋण पनि तिर्ने प्रस्ताव गरेपछि बैैंकले २०७६ सालमा ऋणको पुनःसंरचना गरी ३ अर्ब रुपैयाँ कायम गरेको थियो । तर, अमात्यले २ अर्ब रुपैयाँ मात्र तिर्ने प्रस्ताव गरेपछि विवाद मिलेको थिएन। पछिल्लोपटक बैंकले २०७९ असारमा रिसोर्ट लिलामी प्रक्रिया शुरू गरेका थिए । यसअघि अदालतबाट लिलामी रोक्दै आएका अमात्य यसपटक भने सफल भएनन् । लिलामी रोकी पाऊँ भन्ने उनको मुद्दामा उच्च अदालत पाटनले बैंकको पक्षमा फैसला गर्‍यो । तर, एउटा मात्र प्रस्ताव परेपछि लिलामी भने हुन सकेन । बोलकबोल भएको २ अर्ब ७५ करोड रुपैयाँ प्रस्तावको आधारमा अमात्यको बैंकहरूसँग सम्झौता भएको हो । ‘यसअघि रिसोर्टले अदालतबाट लिलामी रोक्दै आएको थियो,’ वाणिज्य बैंकका सीईओ श्रेष्ठले भने, ‘यसपटक मुद्दा हारेपछि उहाँहरूलाई पनि बैंकसँग सम्झौता गर्न दबाब परेको हो ।’ चार सय रोपनी जग्गामा फैलिएको डिलक्स रिसोर्टमा १ सय ६५ कोठा छन् । पोखराको केन्द्रमा रिसोर्ट केही वर्ष राम्रै चले पनि मजदूर आन्दोलनपछि अमात्यले बन्द गरेका हुन् । Resort बन्द भएपछि ऋण नतिर्दा उनी बैंकहरूको कालोसूचीमा छन् । पछिल्लोपटक अमात्यले अन्तरराष्ट्रिय चेन होटेल मेरियट ग्रूपलाई विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको छ । 

सम्बन्धित सामग्री

पर्यटक आकर्षित गर्न क्यासिनो

पोखरा– पर्यटकलाई आकर्षण गर्न पोखरामा क्यासिनो सञ्चालनमा आएको छ । चारतारे होटल माउन्ट कैलाश रिसोर्टले क्यासिनो सञ्चालनमा ल्याएको हो । माउन्ट कैलाशसहित पोखरामा तीनवटा होटलमा क्यासिनो सञ्चालनमा हुने तयारी भएको छ । पोखरामा केही वर्षअघि पाँचतारे होटल फूलबारी रिसोर्ट र होटल ग्रान्डमा सञ्चालनमा आएको क्यासिनो विगत केही वर्षदेखि सञ्चालन हुन नसकेको अवस्थामा हाल पोखरामा माउन्ट […]