बाँकेमा कोरोनाबाट एक महिनामा २४२ जनाको मृत्यु

काठमाडौं। गत वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस संक्रमणका कारण २४२ जनाको मृत्यु भएको छ। वैशाखमा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेमा १०१ जना महिला र १४१ पुरुष रहेका छन्। हाल बाँकेमा करिब चार हजार सक्रिय संक्रमित छन्।

सम्बन्धित सामग्री

कोरोनाबाट बाँकेमा उपचाररत दाङ र बर्दियाका पाँच संक्रमितको मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो ।

बाँकेमा कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। गएरातिदेखि आज बिहानसम्म भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेजमा २ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। भेरी अस्पतालमा मृत्यु हुनेहरुमा नेपालगन्जकी ६२ वर्षीया महिला, खजुराका ८५ वर्षीय पुरुष, सुर्खेत गुर्भाकोटका ६८ वर्षीय पुरुष र दाङ तुल्सीपुरका ५० वर्षीय पुरुष छन्। यस्तै  नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु शिवराजका ३८ वर्षीय पुरुष र  बर्दिया मध