काठमाडौं–१ को वडा अध्यक्षमा एमालेका भरतलाल विजयी

काठमाडौं– काठमाडौं महानगरपालिका–१ को वडा अध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ६२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी किरण श्रेष्ठलाई पराजित गरेका छन् । काँग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याए । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठले ४४१ भोट ल्याए भने राप्रपाका किरोजमान डंगोलले २२८ मत प्राप्त गरे ।

सम्बन्धित सामग्री

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ को विजयी शुरुवात

मध्यपुर थिमि, असोज ९ । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नं. १ का लागि जेशन हेका र सविन डंगोलले एक एक गोल […]

कटारी नगरपालिका : १३ र १४ को वडा अध्यक्षमा एमाले विजयी

उदयपुर, ४ जेठ : उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी भएका छन् । यस्तै वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगर विजयी भएका हुन् । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । […]

गीतकार महेन्द्रदीप राई वडा अध्यक्षमा विजयी

गीतकार महेन्द्रदीप राई (महेन्द्र राज राई) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ को अध्यक्षमा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५५१ प्राप्त गर्दै विजयी भएका हुन् ।उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई एक मतले पछि परेका थिए । मोहनले ५५० मत प्राप्त गरेका छन् । विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अञ्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलवा ‘पुर्वेली थिती’ लगायत करिब दर्जन गीत बाहिर आएका छन् ।

धनगढी वडा नं १ अध्यक्षमा काग्रेसका मुढभरी विजयी

धनगढी उपमहानगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुढभरी विजयी भएका छन्। मुढभरी १ हजार १ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन्।...

धनगढीमा कांग्रेसले खाता खोल्यो, वडा-१ मा प्यानल विजयी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका- १ को अध्यक्षमा सन्तोष मुडभरी विजयी भएका छन्। आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउदै मुडभरी विजयी भएका हुन्। वडा सदस्यमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन्।दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन्।वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन श

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

नुवाकोटको दुप्चेस्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ बाट माओवादीका सीताराम तामाङले ६८८ मत प्राप्त गरी विजयी हुन् भने वडा नम्बर २ मा समेत माओवादी केन्द्रकै बीरबल तामाङले ७७५ मत पाएर विजयी भएका छन् । तामाङको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसले ७०१ मत प्राप्त गरेका छन्।  यी दुई वडामा अध्यक्षसहित अन्य सदस्यहरूमा समेत माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । यता गाउँपालिकाको प्रमुख र उपप्रमुखमा समेत माओवादी केन्द्रकै उम्मेदवा

भरतपुर अपडेट : वडा नम्बर १ मा काँग्रेसका महर्जन विजयी

भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् । महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।

कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी

‘डिठ्ठा साहेब’को नामले परिचित चर्चित कलाकार किशोर भण्डारी वडा सदस्य पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् । भण्डारीले एक तस्बिर सार्वजनिक गर्दै आफू विजयी भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौ टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन् । भ

काठमाडौँको गोकर्णेश्वर वडा नम्बर १ मा एमाले विजयी

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै विजयी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

काठमाडाैँ, वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो । लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले […]