भेरीमा बेपत्ता बालबालिका : एकको शव भेटियो

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो । बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो । रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए । दिनेशसँगै बेपत्ता

सम्बन्धित सामग्री

सुनकोशी नदीमा बेपत्ता बालबालिका मध्ये थप एक जनाको शव भेटियो

उदयपुर, चैत १४ । सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेका तीन जना बालबालिका मध्ये थप एक जनाको शव फेला परेको छ । चैत ११ गते होली खेलेर सुनकोशीमा नुहाउन गएका मध्ये रेखा मगरको शव बुधबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल […]

बेपत्ता बालकको शव भेटियो

बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडीखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।बालकको शव आज हाँडीखोला र इन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए । उनले बर्खाको समयमा नदी तथा खहरे खोला आसपास नजान समेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए ।

म्यानमारमा ३० शव भेटियो

काठमाडौं । म्यानमारको काया प्रान्तमा बालबालिका र महिलाहरुका ३० भन्दा बढी शव फेला परेको छ । म्यानमारको मानवअधिकार समुहले जनाए अनुसार जलेको अवस्थामा रहेका ती शवहरु त्यहाँको सेनाले गाडेको हुनसक्ने बताइएको छ । म्यानमारको पुस्रो शहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी पनि गरिएको छ । सैनिक शासनको विरोध गर्नेहरुप्रति सेना […]