अमेरिकासहित रुस, चीन र पाकिस्तानले दोहामा अफगान सङ्कटबारे छलफल गर्ने

अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् । हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको रहेको छ । बैठकले अफगानिस्तानको संवैधानिक सुधार र विशेष गरी छोटो दुई वर्षे कार्यकालमा आम चुनावको तयारी गर्ने कार्य योजनासहित अन्तरिम गठबन्धन सरकार गठन गर्नु रहेको ‘द एक्सप्रेस ट्रिब्यून’ले अफगानि

सम्बन्धित सामग्री

कृषि मन्त्रीले खुलाए मल ल्याउन नसक्नुको कारण

बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख पाइएको र किसानले समयमा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै त्यसमा सुधारको आवश्यकता औँल्याइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासायनिक मलको विषय देशको साझा समस्या भएकाले समाधानका लागि सबैको सार्थक पहल जरुरी रहेको बताए । उनले सहजरूपमा रासायनिक मल आयातका लागि सरकारीस्तरमा (जीटुजी) नै विशेष पहल गर्नुपर्ने र त्यसका लागि सरकार लागिपरेको जानकारी दिए ।बोलपत्र प्रक्रियाबाट मलखाद उपलब्ध हुन नसक्ने यो ठेक्का प्रणालीबाट नहुने भएकाले त्यसमा सुधार गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री यादवले रासायनिक मल कारखाना स्थापना गर्नु नै सबैभन्दा उत्तम विकल्प रहेको बताए । लगानी बोर्डले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा छलफल भइरहेको भन्दै उचित निष्कर्ष निकाल्न आग्रह गरे । मन्त्री यादवले भारत सरकारसँग जीटुजीमार्फत पाँच लाख मेट्रिक टन मल उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिँदै उनले चालु आवमा एक लाख ५० हजार मेट्रिक टन उपलब्ध गराउने सहमतिअनुसार मल आयात भइरहेको बताए । भारत सरकारसँगको छलफलका आधारमा ५० हजार मेट्रिक टन बढी रासायनिक मल असारको दोस्रोदेखि तेस्रो सातासम्म आइपुग्ने उनको भनाइ छ । विश्व बजारमा नै इन्धनलगायतका मूल्यमा भएको वृद्धिका कारण सहजरूपमा रासायनिक मल उपलब्ध हुन नसकेको मन्त्री यादवले तथ्य पेश गरे । भारतमा वैकल्पिकरूपमा ‘तरल नाइट्रोजन’ प्रयोग भइरहेको र नेपालमा पाँच लाख लिटर उपलब्ध भइसकेको र बाँकी ४५ लाख लिटर आउने क्रममा रहेको यादवले सदनलाई जानकारी दिए । सरकारले भारत, चीन, कुवेत, साउदी अरब, तुर्कमेनिस्तानलाई रासायनिक मल उपलब्ध गराइदिन पत्राचार गरेको भए पनि कुनै जानकारी नआएको मन्त्री यादवले जानकारी दिए । चालु आवका लागि रासायनिक मलका लागि रु १५ अर्ब बजेट विनियोजन भएकामा थप रु १२ अर्ब ७१ करोड बराबरको स्रोत सुनिश्चित भएको जानकारी दिए । पछिल्ला दिनमा रुस र युक्रेन सङ्घर्षका कारण विश्व बजारमा नै मलको मूल्य वृद्धि भएकाले त्यसको मारमा नेपाल परेको मनत्री यादवको भनाइ छ । मन्त्री यादवले भने , “सबै मिलेर यसको समाधान गरौँ । यो महिनाभरिमा रासायनिक मल उपलब्ध गराउने कार्यमा सबैको सहयोग जरुरी छ ।” मन्त्री यादवले देश र जनताको दायित्व सम्झेर सांसदहरुले आफ्नो धारणा राखेकोमा धन्यवाद व्यक्त गरे । सम्झौताको समयभित्र रासायनिक मल नल्याउने व्यवसायीको ठेक्का रद्द गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको मन्त्री यादवले जानकारी दिए । चीनबाट आयात गरिएको कूल २३ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न लागिएकामा सात हजार मेट्रिक टन आयात भइसकेको भए पनि व्यवसायीको समयावधि सकिएकाले अब कुन प्रक्रियाबाट त्यसलाई मिलाउने भन्नेबारेमा छलफल जारी रहेको बताए ।

रुस–युक्रेन युद्धले सम्झाएको चीन–भारत सीमा विवाद

रुस–युक्रेन संकट समाधानको खोजी भईरहेका बेला विश्वले अर्को सीमा विवादको पनि समाना गर्नु पर्ने देखिन थालेको छ, जुन अहिले व्यापक रूपमा छलफल र चर्चामा आएको छैन। विश्वका उदीयमान महाशक्ति राष्ट्रहरु भारत ...

दिल्लीमा अफगानिस्तानसम्बन्धी बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू आज अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका छन्। चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा अफगानिस्तानमा...

तालिवानमाथि दिल्लीमा १० देशको छलफल, चीन र पाकिस्तान अलग्गै

एजेन्सी । रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू नोभेम्बर १० मा अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी हुँदैछन्।  चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा ...

अफगानिस्तान सम्बन्धी भारतले बोलाएको सुरक्षा बैठक भोलिदेखि

काठमाडौँ– अफगानिस्तानका विषयमा छलफल गर्न भारतले बोलाएको सुरक्षा सम्मेलन भोलिदेखि दिल्लीमा शुरु हुनेछ । बैठकमा सहभागी हुन रुस, इरान र मध्य एसियाका पाँच देशका प्रतिनिधि दिल्ली पुग्दैछन् । बैठकमा चीन र पाकिस्तानले सहभागी हुन अस्वीकार गरेका छन् । दुई देशको अस्वीकारकाबीच दिल्लीमा दुई दिन चल्ने बैठकले अफगानिस्तानको सुरक्षा चासोका विषयमा छलफल गर्नेछन् । अफगानिस्तानमा तालिबानको […]

अफगानिस्तान मामिलामा छलफल गर्न मोदीले बोलाए सर्वदलीय बैठक

काठमाडौं : अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि विश्व शक्ति राष्ट्र पक्ष र विपक्षमा भएका छन्। चीन र रुस तालिबानसँग सहकार्य गर्न तयार देखिएका छन् भने अमेरिका, बेलायत र क्यानडाले भने तालिबानलाई तत्काल विश्वास गरिहाल्न नसकिने बताउँदै आएका छन्। भारतले अफगानिस्तानको बारेमा भने अझै कुनै निर्णय गर्न सकेको छैन। अफगानिस्तानको राजनीतिक परिस्थितिबारे छलफल गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज सर्वदलीय बैठक बोलाएका छन्।  बैठक आज विहान ११ बजे सुरु हुने भारतीय सञ्चारमाध्यमले ज

अमेरिकासहित रुस, चीन र पाकिस्तानले अफगान सङ्कटबारे छलफल गर्ने

अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् । हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको रहेको छ । बैठकले अफगानिस्तानको संवैधानिक सुधार र विशेष गरी छोटो दुई वर्षे कार्यकालमा आम चुनावको तयारी […]