नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।जिम्बावे ‘ए’ का लागि इनोसेन्ट कायाले ४८ रनको योगदान गरे । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कापेस जवाओले ३२ रन बनाउँदा रोय कायाले १४ रनको योगदान गरे । जिम्बावे ‘ए’ का ला