गण्डकी प्रदेशसभाका उपसभामुख शर्मा घाइते

गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन् । पोखरा महानगरपालिका –२१ स्थित फोक्सिङमा निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा अचानक ढलान पाइप उछिट्टिएर लाग्दा उपसभामुख शर्मा घाइते भएकी हुन् ।ढलान बाटो अनुगमनका क्रममा उपसभामुख शर्मासहित बाटो उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइली पनि घाइते भएको उपसभामुख शर्माका स्वकीय सचिव  प्रकाश शर्माले जानकारी दिए । पाइप उछिट्टिएर घाइते भएका उपसभामुख शर्मा र रसाइलीलाई दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको थियो ।उ