निष्क्रिय कर्जा बढेसँगै स्वरोजगार लघुवित्तको नाफा ५३.९६ प्रतिशत घट्यो

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५३ दशमलव ९६ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. २० करोड २६ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ९ करोड ३२ लाखमा सीमित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले र सञ्चालन नाफा, खुद ब्याज आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ३७ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ७५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा ६६ दशलमव ५६ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको हो ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा रहेकोमा गत आवमा घटेर १४ रुपैयाँ ८७ पैसामा झरेको छ । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४७ दशमलव ४० गुणा, तरलता अनुपात १० दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ३३ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा रू. ७ करोड २७ लाख छ । चुक्ता पूँजी रू. ६२ करोड ७२ लाख रहेको कम्पनीले जगेडामा रू. १५ करोड ३९ लाख र रिटेन्ड अर्निङमा रू. ७ करोड ३८ लाख सञ्चिति गरेको छ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्