गृह मन्त्रालयले भन्यो - कसैको डर, धम्की तथा प्रलोभनमा नपरी मतदान गर्नुहोस्

गृह मन्त्रालयले देशभरीका मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटन पटन र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशभरका १०, ७५६ मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको हो ।मन्त्रालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरी मतदानस्थलहरुमा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।  मन्त्राल

सम्बन्धित सामग्री

गृह मन्त्रालयले बालेनलाई उपलब्ध गराएन पीएसओ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मागेको २ महिना हुँदा पनि गृह मन्त्रालयले उपलब्ध नगराएको पाइएको छ । काठमाडौंमा अनाधिकृत रुपमा रहेका सुकुम्बासी टहरा भत्काउने क्रममा उनलाई सुरक्षा थ्रेटसहितका फोन तथा धम्की आउन थालेपछि पीएसओ मागेको भए पनि अहिलेसम्म गृह मन्त्रालयले उपलब्ध नगराएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको […]

स्थानीय स्वायत्तताको अपमान

काठमाडौं महानगरपालिकाका कर्मचारीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कारण नउठेको राजधानीको फोहोर बुधवारदेखि उठाउन थालिएको छ । फोहोरका कारण राजधानी दुर्गन्धित भएको छ भने त्यसबाट उत्पन्न हुन सक्ने रोगव्याधिलगायतका अन्य खाले समस्याले राजधानीवासी त्रसित भएका छन् । स्थानीय निकायका कर्मचारीहरूले जागिर स्थायी गर्नुपर्ने, निजामती सेवासरह सुविधा र ट्रेड युनियन अधिकार दिनुपर्ने र स्थानीय सेवा आयोग गठन हुनुपर्ने लगायतका माग राखेका छन् । उनीहरूले आफ्नो माग पूरा नभएसम्म कुनै पनि काम नगर्ने बताउँदै आफू सम्बद्ध सबै कर्मचारीलाई काम नगर्न चेतावनी दिएका छन् । यसबाट स्थानीय निकायमा दैनिक प्रशासनिक कामका लागि जाने सर्वसाधारणसमेत ठूलो मर्कामा परेका छन् । यसपालि पहिलोपटक सुरक्षाकर्मी परिचालन गरी सर्वसाधारणसमेतको सहयोगमा निजी क्षेत्र र समुदायस्तरबाट राजधानीका केही निश्चित स्थानमा जम्मा भएको फोहोर उठाउन सुरु गरिएको छ । वास्तवमा प्रहरीको काम मुलुकमा शान्ति सुरक्षा कायम गर्नु हो तर उठेको फोहोरलाई ल्यान्डफिल साइटसम्म पुर्‍याउन उनीहरूको सहयोग अपरिहार्य देखिएको छ । फोहोर उठाउने र त्यसलाई व्यवस्थित ढंगमा ल्यान्डफिल साइटसम्म पुर्‍याउन प्रयोग गरिने गाडीको चालकलाई आन्दोलनरत समूहले टेलिफोनमार्फत आक्रमण गर्ने धम्की दिएका कारण समस्या थप जटिल बनेको छ । गृह मन्त्रालयले फोहोर उठाउन अवरोध गर्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गर्ने चेतावनीसमेत दिएको छ । निजी तथा समुदायको पहलमा सहरको फोहोर उठाउन सुरु गरिनुलाई एकप्रकारले स्थानीय निकायका कर्मचारीको आन्दोलनलाई आमजनताले प्रतिकार गरेको अर्थमा समेत बुझ्न सकिन्छ । वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

धम्की दिनेविरुद्ध सरकारले थाल्यो सूक्ष्म निगरानी

गृह  मन्त्रालयले  मित्रराष्ट्रको  सहयोगमा  सञ्चालित  विकास  आयोजना तथा त्यससँग सम्बन्धित विषयमा नकारात्मक  टीका–टिप्पणी  गर्ने  र  धम्कीपूर्ण  अभिव्यक्ति  दिने  विषयमा  सरकारले  सूूक्ष्म  रूपमा निगरानी गरिरहेको जनाएको छ ।  गृह  मन्त्रालयले  विकास  आयोजना  लक्षित सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक  टीका–टिप्पणी  गर्ने,  धम्कीपूर्ण  अभिव्यक्ति  दिनेक्रम  बढेको  भन्दै&...

वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा धम्की दिइएको भन्दै गृहको आपत्ति

वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत् कर्मचारीहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ।

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही : गृह मन्त्रालय

गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरू अहोरात्र खटिइरहेको अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहबाट धम्की र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

‘स्वास्थ्यकर्मीलाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्’

१३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको …

रुट पर्मिट खारेजीदेखि बैंक खाता रोक्कासम्म

यातायात सञ्चालन कार्यविधि खारेज हुनुपर्ने माग गर्दै सार्वजनिक यातायात सेवा बन्द गरेर आन्दोलनमा उत्रने धम्की दिइरहेका व्यवसायीविरुद्ध सरकार कठोर बन्ने संकेत देखिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन २०३४ र आवश्यक सेवा सञ्चालन ऐेन २०१४ आकर्षित गरी हदैसम्मको कारबाही गर्ने जनाएको छ ।