शिक्षाको गुणस्तर सुधार्न मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघ सहमत

१ पुस, काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना)को कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनको लागि समन्वय र सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । विद्यालय शिक्षामा […]

सम्बन्धित सामग्री

गाउँपालिका महासंघ र नगरपालिका संघले भोलि सिंहदरबार घेर्ने

पाल्पा : गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघ आन्दोलित भएका छन्। समानीकरण अनुदानको चौथो किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने सरकारको निर्णयविरुद्ध महासंघ र संघ आन्दोलनमा उत्रिएका हुन्। महासंघका केन्द्रीय महासचिव खिमबहादुर थापाका अनुसार निर्णय  फिर्ता लिन बिहीबारसम्मको ‘अल्टिमेटम’ दिइएको छ। मागप्रति सरकारले वेवास्ता गरे  शुक्रबार सिंहदरबार घेर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।गत वैशाख १२ गते सरकारले प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्त

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेकाे गाउँपालिका महासंघकाे निष्कर्ष

काभ्रे । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले संघ, प्रदेश र स्थानीय तहकाे सरकारकाेबीचमा समन्वय हुन नसकेको निष्कर्ष निकालेको छ । यहि माघ १३ र १४ गते काभ्रेको पनौतीमा २ दिनसम्म चलेको संघीयता कार्यान्वयनका सिकाई, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा विषयक राष्ट्रिय कार्यशाला गोष्ठीले उक्त निष्कर्ष निकालेको हो । संघ र प्रदेश सरकारले जिल्ला तहमा राखेका […]

४३५ गाउँपालिकाले ल्याए नीति तथा कार्यक्रम र बजेट

१९ वटा गाउँपालिकाले बजेट पेश गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै नरहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।

पालिका चुनावको मिति तत्काल घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको आग्रह !

काठमाण्डाै – गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।स्थानीय सरकारका प्रतिनिधमूलक यी संस्थाहरुले आज संयुक्त विज्ञप्ति निकालेर तत्काल स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका हुन् । समयमै चुनाव नभएमा पालिका प्रमुख र वडाध्यक्षहरुले गर्दै आएका सिफारिस लगायतका कामहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।'संविधानले नै जन...

भूमिसम्बन्धी आयोग विघटनप्रति गाउँपालिका महासंघ र नगरपालिका संघको आपत्ति

काठमाडौं।सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेकोप्रति गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आपत्ति जनाएको छ।शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले भूमि आयोग विघटन गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।यो समस्या संघ,प्रदेश र स्थानीय सरकारको साँझा जिम्मेवारीको विषय रहेको र वर्षौदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको समयमा आयोग नै विघटन गर्दा अन्यौल देखिएको विज्ञप्तिमा जनाइएकोछ।