ट्रम्पले बल्ल स्वीकार गरे हार

अमेरिकी संसद्ले जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणित गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गरेका छन् ।  जनवरी २० मा शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गरिने पनि उनले बताएका छन् ।  गत नोभेम्बर महिनामा भएको चुनावमा लोकप्रिय तथा इलेक्टोरल कलेज भोट दुवैमा पराजित भएका ट्रम्पले हार स्वीकार गर्न मानिरहेका थिएनन् । आफूलाई धाँधली गरेर हराइएको र बाइडनलाई राष्ट्रपति बन्न नदिने भनी उनले निरन्तर बयान दिइरहेका थिए ।  नियमित प्रक्रियाका रूपमा संसद्ले गर्ने प्रमाणीकरण ट्रम्प समर्थकहरूको उपद्रोका कारण केही घन्...