डेंगुबाट २१ जनाको मृत्यु,७५ जिल्लामा फैलियो संक्रमण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा डेंगु संक्रमणबाट २१ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयले हाल ७ वटै प्रदेशको ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ। मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमित व्यक्ति भेटिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १२ हजार ९ सय ४७ जनामा डेंगु संक्रमित भेटिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।त्यस्तै,प्रदेश १ मा पाँच सय ६०,मधेश प्रदेशमा २ सय ६१,गण्डकीमा चार सय ९,लुम्बिनी प्रदेशमा २ हजार ६ सय ४३ जना,कर्