प्रचण्ड–नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल

काठमाडौं, पुस ६ । आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । आगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरू भइसकेको छ । यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार […]

सम्बन्धित सामग्री

प्रचण्ड नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल

काठमाडौं । आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । अगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरु भइसकेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार […] The post प्रचण्ड नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विप्लव–बैद्य सहित रणनीतिक मोर्चाको बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन संसद बाहिर रहेका वामपन्थी दलको बैठक बसेको छ । कांग्रेस सरकार गठनपछिको अवस्था र जनसंघर्षका कार्यक्रमबारे छलफल गर्न मोर्चाको बैठक सोमवार काठमाडौंमा बसेको हो । बैठकमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव', नेकपाका अध्यक्ष ऋषि कट्टेल, वामपन्थी नेता विश्वभक्त दुवाल 'आहुती' लगायत नेताहरु सहभागी छन् । विप्लव नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएपछि संसद बाहिरका दलले वामपन्थी मोर्चा बनाएका थिए । ...

रेशम चौधरीको रिहाइ र संविधान संशोधन स्वीकार नगर्न मसालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकार टिकाउनका लागि प्रधानमन्त्री केपी ओलीले रेशम चौधरीको रिहाइ र संविधान संशोधनका लागि तयार भएको भन्दै त्यसो नगर्न खबरदारी गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार एक वक्तव्य प्रकाशित गरी मधेशवादीहरूले सरकारको निर्माणको लागि रेशम चौधरीको रिहाइ वा संविधानमा संशोधनलाई मुख्य शर्तको रूपमा अगाडि सारेको बताउँदै ती सर्त स्वीकार नगर्न चेतावनी दिनुभएको हो । मसालले गतकालमा सशस्त्र द्वन्द्वका क्रममा माओवादी र राज्य पक्षबाट निहत्था जनतामाथि भएका अपराधपूर्ण कार्यमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने आफ्नो माग यथावत रहेको पनि प्रष्ट पारेको छ । हालै सम्पन्न मसालको उपलब्ध सीसीएम तथा पिविएमसहितको केन्द्रीय कार्यालयको बैठकले सरकार गठनका लागि भइरहेका अपवित्र गठबन्धन हुन नदिन वामपन्थी शक्तिहरुबीच नै सहकार्यका लागि जोड दिएको वक्तव्यमा उल्लेख छ । यस्तो छ वक्तव्यः नेपाल कम्युनिस्ट पार्टी (मसाल) को उपलब्ध पीवीएम र सीसीएमसहितको २०७७ चैत्र १४ गते बसेको केन्द्रीय कार्यालयको बैठकले देशको तात्कालिक अवस्था र कतिपय अन्तराष्ट्रिय प्रश्नहरु समेतबारे गरेको छलफल र निष्कर्षमा प्रकाश हाल्नको लागि यो वक्तव्य जारी गरिएको छ । १. ने.क.पा.(मसाल) ले संसदको पुनस्र्थापनापछिको देशको अन्यौलपूर्ण राजनीतिक स्थितिमाथि विस्तृत रूपले छलफल ग-यो र यो निष्कर्षमा पुग्यो कि देशको तात्कालिक राजनीतिक अवस्थामा निकासका लागि पूर्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण वा सर्वोच्चको फैसलाअनुसार विभाजित एमाले र माओवादी केन्द्रका बीचको संयुक्त मोर्चा नै सही समाधान हो । अहिलेको अन्यौलपूर्ण स्थिति ओलीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीका कारणले नै उत्पन्न भएको हो र उनी नेतृत्वमा हुँदासम्म स्थिति अरु बिग्रदै जाने कुरा स्पष्ट छ । त्यसैले ओलीले राजीनामा दिएर वा दिन लगाएर अहिलेको स्थितिको समाधान हुन सक्नेछ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । २. संसदको पुनस्र्थापना भएको छ । तर पूर्व नेकपाको विभाजनका कारणले संसदमा कुनै पार्टीको बहुमत रहन गएको छैन । त्यसले गर्दा सरकारको गठनको लागि ने.का. वा मधेशवादीहरूको चलखेल वा बोलबाला बढेर गएको छ । उनीहरुले संसदलाई विघटन गर्ने प्रतिगामी कदमको विरोध गरेको हुनाले हामीले त्यो विरोधको सङ्घर्षका कार्यक्रमहरुमा उनीहरुसित ...

सम्भव छ एमाले-माओवादीको संयुक्त सरकार ?

२७ फागुन, काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर एमाले वा माओवादीबाट अर्काे नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने वा ओलीको सम्मानजनक निकासका लागि केही समय उनलाई नै निरन्तरता […]

ओलीले औपचारिक बैठक नबोलाए समानान्तर गतिविधि गर्ने नेपाल पक्षको तयारी

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको औपचारिक बैठक नबोलाए समानान्तर गतिविधि गर्ने तयारी गरेको छ । वरिष्ठ नेता नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा बुधबार आयोजित बैठकमा नेताहरुले पार्टीको औपचारिक बैठक नबोलाए समानान्तर गतिविधि गर्न बाध्य हुने चेतावनी दिएका हुन् । ‘अब नेकपा एमाले पुनर्बहाली भयो । हिजो जसको जे हैसियत थियो, हामी त्यहीँ पुगेका छौं’ बैठकपछि एक नेताले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीजीले अब औपचारिक बैठक बोलाएर सबै नेताहरुलाई उचित भूमिका र जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो ठहर हो । अन्यथा समानान्तर गतिविधि गर्न बाध्य हुने अधिकांश नेताहरुको धारणा रह्यो ।’ बैठकले पुनः वामपन्थीहरुको कार्यगत एकता गर्नुपर्ने र वामपक्षधरकै सरकार बनाउनुपर्नेमा जोड दिएको छ । नयाँ सन्दर्भमा वामपन्थी एकता नभएपनि कार्यगत एकता कायम राख्नुपर्ने नेता रघुजी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो ,‘आजको बैठकमा वामपन्थीहरुको सरकार बनाउनुपर्छ भन्ने विषयमा छलफल भएको छ । जुन परिस्थिति उत्पन्न भएको छ, त्यसले तत्काल पार्टी एकता सम्भव होला वा नहोला। हामी ठूलो पार्टी भएकोले वामपन्थहिरुसँग एकता गर्नुपर्छ । एकताको लगि प्रयत्न गर्नुपर्छ । वाम मोर्चा पनि बनाउनुपर्छ । वामपन्थीहरुकै सरकार बन्नुपर्छ र टिक्नुपर्छ’ उहाँले अब एमाले र नेकपा माओवादीमात्रै नभएर सबै वामहरुको साझा सरकार बनाउनुपर्ने बताउनुभयो । यस्तै, बैठकमा आज कैलालीमा भएको घटनाबारे पनि छलफल भएको थियो । घटनाबारे दुःख व्यक्त गरिएको नेता पन्तले बताउनुभयो । बुधबार एमाले प्रदेश कार्यालयमा लेखराज भट्ट वा भीम रावल कसलाई इन्चार्ज मान्ने भन्ने विषयमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप भएको थियो ।